Skip to main content

Purbi Garjan

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको उक्त संस्थाले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको अध्यक्ष सञ्जु निरौलाले जानकारी दिनुभयो ।


कमल गाउँपालिका–५ पाडाजुँगीस्थित वनमारा क्याफेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि र उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम शाखा अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, संस्थाका केन्द्रीय महासचिव मिलन लुइँटेल, सचिव दिवस खतिवडा, लायन्स क्लब कमलका भुवन निधि, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


प्रमुख अतिथि राईले संस्थाले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै कमल शाखाले स्थानीयस्तरमा सामाजिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आवश्यक सहकार्य र सहयोगका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।

अध्यक्ष सञ्जु निरौलाले संस्था केवल औपचारिक गतिविधिमा सीमित नभई समाजका विकृति र विसंगतिविरुद्ध सक्रिय रूपमा काम गर्ने बताउँदै समुदायमुखी कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारीहरूको पदस्थापना गर्नुका साथै अतिथिहरूलाई सम्मान गरिएको थियो।
नवगठित ९ सदस्यीय कार्यसमितिमा सञ्जु निरौला अध्यक्ष, कुमार पराजुली उपाध्यक्ष र दिपेन्द्र खतिवडा सचिव चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali