Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीजद्वारा कृष्ण जन्माष्टमीमा निःशुल्क पानी वितरण

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१ का वडा अध्यक्ष रामकुमार राई, नेपाल स्काउट मेचीनगरका सदस्य वृद्धि संयोजक सुबास कास्यप खत्री, कृष्ण थुम्की विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, जेसीज २०२५ का बोर्ड पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका वर्ष २०२५ का अध्यक्ष सल्लाहकार तथा मेचीनगर–४ का परिषद् सदस्य जेसी पवन बराइलीप्रति विशेष आभार प्रकट गरिएको थियोे ।

जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका अभियानहरू निरन्तर अघि बढाइने जनाएको छ। विशेषगरी आज ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित कृष्ण थुम्की मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरेर निशुल्क पानी वितरण गरिएको जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali