काठमाडौ । रामेछापको दोरम्बामा २३ बर्ष अघि भएको हत्याकाण्डको स्मृति दिवसमा कविता बाचन देखि सहिद परिवारलाई अभिनन्दन गर्दै मनाइएको छ।प्रगतिशील लेखक संघले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी २३ औं दोरम्बा स्मृति दिबसमा निरन्तरतामा समय प्रवाह कार्यक्रम गरेको हो। तत्कालीन शाही सरकारका मन्त्री डा. प्रकाशचन्द्र लोहनी र माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई नेतृत्वको बार्ता टोलीबिच २०६० साउन ३२ गते दाङको हापुरेमा बार्ता चलिरहेको बेला दोरम्बा हत्याकाण्डमा २१ जना माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर हत्या गरिएको थियो।उक्त हत्याकाण्ड लगत्तै शान्ति बार्ता समेत भाँडिएको थियो। दोरम्बा हत्याकाण्डको सन्दर्भमा हरेक बर्ष जस्तै यसपटक आयोजित कार्यक्रममा प्रगतिवादी श्रष्टाहरुले कविता बाचन गरेर दोरम्बा प्रकरणको साहित्यिक आयामबारे…
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१ का वडा अध्यक्ष रामकुमार राई, नेपाल स्काउट मेचीनगरका सदस्य वृद्धि संयोजक सुबास कास्यप खत्री, कृष्ण थुम्की विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, जेसीज २०२५ का बोर्ड पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याएका वर्ष २०२५ का अध्यक्ष सल्लाहकार तथा मेचीनगर–४ का परिषद् सदस्य जेसी पवन बराइलीप्रति विशेष आभार प्रकट गरिएको थियोे ।…