Skip to main content

Purbi Garjan

२३ औं दोरम्बा स्मृति दिवस: कविता बाचनदेखि सहिद परिवार अभिनन्दनसम्म

काठमाडौ । रामेछापको दोरम्बामा २३ बर्ष अघि भएको हत्याकाण्डको स्मृति दिवसमा कविता बाचन देखि सहिद परिवारलाई अभिनन्दन गर्दै मनाइएको छ।प्रगतिशील लेखक संघले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी २३ औं दोरम्बा स्मृति दिबसमा निरन्तरतामा समय प्रवाह कार्यक्रम गरेको हो।

तत्कालीन शाही सरकारका मन्त्री डा. प्रकाशचन्द्र लोहनी र माओवादीको तर्फबाट डा. बाबुराम भट्टराई नेतृत्वको बार्ता टोलीबिच २०६० साउन ३२ गते दाङको हापुरेमा बार्ता चलिरहेको बेला दोरम्बा हत्याकाण्डमा २१ जना माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर हत्या गरिएको थियो।उक्त हत्याकाण्ड लगत्तै शान्ति बार्ता समेत भाँडिएको थियो।

दोरम्बा हत्याकाण्डको सन्दर्भमा हरेक बर्ष जस्तै यसपटक आयोजित कार्यक्रममा प्रगतिवादी श्रष्टाहरुले कविता बाचन गरेर दोरम्बा प्रकरणको साहित्यिक आयामबारे चर्चा गरे।

कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघका सचिव आरोहले `दोरम्बामा बगेको रगत खेर जाँदैन, सहिदले देखेको सपना त्यसै मर्दैन´ शीर्षकको गीत गाएका थिए।

अखिल नेपाल जनसांस्कृतिक महासंघका सचिब एवम् साहित्यकार कर्ण दयालले दोरम्बाका सहिदहरुको बकपत्र शीर्षकको कविता बाचन गरेका थिए।कवि अग्निराज पौडेल `अराप´ले `ऐना हेरेर छाडिदिएँ´शीर्षकको कविता वाचन गर्दै क्रान्तिमा सहिदिय मूल्यको उचाइ र त्यसविरुद्धको धोकाधडीबारे चर्चा गरेका थिए।

त्यस्तै कवि राजबहादुर कुँवरले `जगुन थारु´ शीर्षकको कविता वाचन गरेका थिए भने युवा कवि रमेश बिक्रान्तले `अधुरो न्यायको चीत्कार´ शीर्षकको कविता बाचन गर्दै सहिदको सपना साकार हुन बाँकी रहेको र सहिदको बलिदानबाट प्राप्त उपलब्धि जनताले उपभोग गर्न नपाएको बताएका थिए।

उदियमान कवि केशव सिलवालले, `जुत्ता सिलाउनेहरु सडकमा´शीर्षकको कविता सुनाएका थिए।

सहिदका सपनाहरुलाई साकार पार्न प्रतिबद्धता व्यक्त गर्दै समकालीन समाज र देशका बेथिति विरुद्धको अभियानलाई अगाडि बढाउन उत्प्रेरित गर्न आयोजित उक्त सिर्जनात्मक कार्यक्रममा दोरम्बा हत्याकाण्डमा सहिद भएका परिवारलाई सम्मान तथा अभिनन्दन समेत गरिएको थियो।कार्यक्रममा सहिद परिवारहरु लसकुश लामा, धनलक्ष्मी राई, फुलमाया बिक, गोमा बिक, पवित्रा बिक र अनिता बिकलाई नेकपा नेता माइला सी लगायतका अतिथिहरुले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए।

बरिस्ठ अधिबक्त्ता एकराज भण्डारी,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, नेकपा रामेछापका इन्चार्ज इन्द्र सी सहित कवि कलाकार पत्रकारको सहभागिता रहेको कार्यक्रममा जनसाँस्कृतिक महासंघ महासचिव कुशल बोगटीको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali