Skip to main content

Purbi Garjan

प्रमुख समाचार

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा बरामद गरेको छ। मंगलबार राति १२:१० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। प्रहरीका अनुसार मेचीनगर–७ निवासी कोपिला तामाङको भान्सा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भित्र्याई भन्सार छली गरी राखिएको अवस्थामा २० बोरा कपडा र १० कार्टुन कस्मेटिक सामान फेला परेको हो। बरामद गरिएको सामानको अनुमानित मूल्य २४ लाख ९९ हजार ८१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी मेची…
Read More
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठामा सोही विद्यालयमा गत बैशाख २२ गतेदेखि अध्यापन गराइरहेकी शिक्षिका कविता कुमारी ढुंगाना मृत अवस्थामा फेला परिन् । बाहिरबाट कोठामा चाबी लगाइएको र कोठाभित्र रहेको पलङ माथि उत्तानो परेको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन्। उनको शंकास्पद मृत्युुका कारण यतिबेला विद्यालय परिवार, समाज र मृतक ढुंगाना परिवार शोकमा छन्। तर उक्त घटना थप जटिल बन्दै गएको छ। कतार पुगेकी कविता कसरी आइपुगिन झापा..! घटनालाई लिएर अनेक टिप्पणी भइरहेका बेला थप नयाँ रहस्य खुलेको छ। दुईवर्ष अघि कामदारको रुपमा कतार उडेकी कविता उतै…
Read More
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनानि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ…
Read More
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक संस्थाहरूले बलियो माग उठाएका छन्। उनले गत जुलाई १४ को राति उर्लिएको बालासन खोलाबाट चार जना पर्यटकको ज्यान बचाउँदै साहसिक कार्य गरेका थिए। उनको असाधारण साहसको कदर गर्दै गोरखा एम्पावर केयर फाउन्डेसनका संस्थापक चन्दन सिटौलाले शुक्रबार औपचारिक रूपमा बहादुरी पुरस्कारका लागि सिफारिस प्रस्ताव पेश गरेका छन्। उक्त सिफारिस पत्र सेन्ट मेरीज–३ ग्राम पञ्चायतमार्फत कुर्सेङका ब्लक विकास अधिकारी (BDO) समक्ष पठाइएको छ। यस अवसरमा बोल्दै सिटौलाले दिल कुमार सुब्बाले आफ्नै ज्यान जोखिममा राख्दै खतरनाक बहावमा फसेका चार पर्यटकलाई उद्धार गरेर असाधारण साहस देखाएको…
Read More
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्धित अधिकारीहरूबीच बृहत् छलफल भएको छ। बुधबार भारतको दार्जिलिङ जिल्लास्थित मालबारीमा उक्त छलफल सम्पन्न भएको हो। छलफलका क्रममा संविधानसभा सदस्य रविन कोइरालाले समस्या समाधानका लागि दिल्ली–काठमाडौं स्तरमा समेत वार्ता हुनुपर्नेमा जोड दिँदै दुवै देशका सम्बन्धित निकायले समन्वयात्मक पहल गर्नुपर्ने बताए। त्यस्तै, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले साँझपख भारतीय हात्ती नेपालतर्फ धपाउने गरिएको, रबरको गोली प्रयोग गरिने गरेको भन्ने नेपालतर्फ जनगुनासो रहेकाले यसको यथार्थबारे स्पष्टता आवश्यक रहेको बताए। उनले भारततर्फ हात्ती नियन्त्रणका लागि के–कस्ता प्रयास भइरहेका छन् भन्नेबारे पनि चासो व्यक्त गरे। नगरप्रमुख…
Read More
आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ छुट्याइएको छ । साथै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड…
Read More
काकडभिट्टा नाकाबाट आधा केजी सुन, २० हजार डलर र भारु ८५ हजारसहित भारतीय नागरिक पक्राउ  प्रविण अधिकारी

काकडभिट्टा नाकाबाट आधा केजी सुन, २० हजार डलर र भारु ८५ हजारसहित भारतीय नागरिक पक्राउ प्रविण अधिकारी

प्रविण अधिकारी झापा । सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पूर्वी सिमानाका काकडभिट्टामा गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। आज दिउँसो करिब ५:१० बजे झापाको मेचीनगर नगरपालिका–६, काकडभिट्टा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (BOP) काकडभिट्टाबाट खटिएको टोली र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्राप्त विवरणअनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उनको साथबाट ५७०…
Read More
नेपाल-भारत सीमामा अवैध प्रवेश प्रयास, थाइ युवतीसहित ४ जना पक्राउ

नेपाल-भारत सीमामा अवैध प्रवेश प्रयास, थाइ युवतीसहित ४ जना पक्राउ

दार्जिलिङ, पश्चिम बंगाल । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तेस्रो देशका नागरिकहरूको अवैध आवागमन भइरहेको विशेष सूचनाका आधारमा भारतीय सशस्त्र सीमा बल (SSB) ले विशेष अपरेसन सञ्चालन गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब ५:३० बजे पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत नक्सलबारी प्रहरी चौकी क्षेत्रको रतखोला नजिक (BP No. 88/08 आसपास) सशस्त्र सिमा बलको ४१औँ बटालियन, राणीडाँगा अन्तर्गत बी–कम्पनी मदनजोटे टोलीले उक्त अपरेसन सञ्चालन गरेको हो। अपरेसनका क्रममा टोलीले २ जना थाई नागरिक, १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। साथै एउटा कार, मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र राष्ट्रिय परिचयपत्र समेत बरामद गरिएको जनाइएको छ।…
Read More
बिजेपी नेता अधिकारीका पीएको कोलकातामा गाडी भित्रै गोली हानी हत्या

बिजेपी नेता अधिकारीका पीएको कोलकातामा गाडी भित्रै गोली हानी हत्या

भारत । कोलकातामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ। भर्खरै सम्पन्न विधानसभा निर्वाचनबाट पश्चिम बंगालमा १५ वर्षदेखि नेतृत्व गरिरहेकी ममता बेनर्जीलाई पराजित गरेका अधिकारीका पीए मारिएपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। सुबेन्दु अधिकारीका  निजी सचिव चन्द्रनाथ रथ (पीए चन्द्र) को भारतको पश्चिम बंगालस्थित कोलकातामा गोली हानी हत्या गरिएको छ। https://youtu.be/7dyQi3BARUU भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर २४ परगनाको माध्यमग्राम क्षेत्रमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले रथ सवार गाडीलाई पछ्याएर बीच बाटोमै रोकेका थिए। त्यसपछि उनीमाथि नजिकैबाट अन्धाधुन्ध गोली प्रहार गरिएको बताइएको छ। आक्रमणकारीहरूले चार राउण्ड गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये तीन…
Read More
पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

पश्चिम बंगाल निर्वाचनका कारण बन्द भएका नाका आजबाट खुले, पर्यटकहरुको भिड

प्रविण अधिकारी झापा  । भारतको निर्वाचन आयोग द्वारा आयोजित पश्चिम बंगाल विधानसभा निर्वाचनका कारण बन्द गरिएका नेपाल–भारत सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन्। पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काकडभिट्टा र इलामको पशुपतिनगर नाका आजबाट औपचारिक रूपमा खुला गरिएको हो। निर्वाचन सुरक्षालाई लक्षित गर्दै यी नाकाहरू गत अप्रिल २० तारिख साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको थियो। सिमानाका सञ्चालनमा आएसँगै सयौं पर्यटकहरु यतिबेला मेची भन्सारमा सवारीसाधनको पास लिन लाइनमा लागेका छन्। ३ दिनदेखि बन्द रहेको नाका आजबाट सञ्चालनमा आएसँगै मेची भन्सारको यात्रु शाखा भिडभाड बनेको छ। दार्जिलिङ जिल्ला प्रशासन कार्यालय ले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२)…
Read More
ne_NPNepali