झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११ गते दिउँसो १२ः३० बजे झापा गाउँपालिका–१ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा, झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्। प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा सलमान मियाले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो रङको बट्टाभित्र सेतो प्लास्टिकमा पोका पारी राखिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। उक्त पदार्थ…
काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। रातभर अवैध ओसारपसार, साना चालकमाथि कडाइ तर ठूला गिरोहलाई छुट दिने गरेको स्थानीयको आरोप काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टामा सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको भूमिकामाथि पछिल्ला दिनमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। सीमा सुरक्षा तथा चोरी निकासी–पैठारी नियन्त्रण गर्ने जिम्मेवारी भए पनि नाका आसपासका विभिन्न क्षेत्रहरूबाट रातको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ। मेचीनगरको उत्तर–पूर्वी क्षेत्र तिरिङ, नकलबन्द, तुर्केनी, पिङ्कीठ्याक, मेचीडाँडा, गैरीगाउँ, भान्साखोला तथा सतिघट्टा लगायतका क्षेत्र हुँदै रातभर कपडा, मोटर पार्ट्सजस्ता सामग्री भारतबाट नेपाल भित्रिने क्रम बढ्दो…
मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा लिइएको एक निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाबाट गैरी गाउँको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटर पार्ट्ससहित प्रदेश २–०३–००१ च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको उक्त गाडीलाई कुनै जरिवाना वा थप कारबाही नगरी छाडिएको पाइएको छ। स्थानीयका अनुसार नाकामा सामान्य रोजगारी गर्ने सिटी सफारीले थोरै परिमाणमा भन्सार नतिरेका सामान बोकेको भेटिए तत्काल नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरिएको छ। तर, निजी गाडीमा ठूलो परिमाणमा…
मेचीनगर। झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा बरामद गरेको छ। मंगलबार राति १२:१० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। प्रहरीका अनुसार मेचीनगर–७ निवासी कोपिला तामाङको भान्सा घरमा खानतलासी गर्दा भारतबाट अवैध रूपमा भित्र्याई भन्सार छली गरी राखिएको अवस्थामा २० बोरा कपडा र १० कार्टुन कस्मेटिक सामान फेला परेको हो। बरामद गरिएको सामानको अनुमानित मूल्य २४ लाख ९९ हजार ८१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक प्रक्रिया पूरा गरी मेची…
प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठामा सोही विद्यालयमा गत बैशाख २२ गतेदेखि अध्यापन गराइरहेकी शिक्षिका कविता कुमारी ढुंगाना मृत अवस्थामा फेला परिन् । बाहिरबाट कोठामा चाबी लगाइएको र कोठाभित्र रहेको पलङ माथि उत्तानो परेको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन्। उनको शंकास्पद मृत्युुका कारण यतिबेला विद्यालय परिवार, समाज र मृतक ढुंगाना परिवार शोकमा छन्। तर उक्त घटना थप जटिल बन्दै गएको छ। कतार पुगेकी कविता कसरी आइपुगिन झापा..! घटनालाई लिएर अनेक टिप्पणी भइरहेका बेला थप नयाँ रहस्य खुलेको छ। दुईवर्ष अघि कामदारको रुपमा कतार उडेकी कविता उतै…
मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनानि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ…
दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक संस्थाहरूले बलियो माग उठाएका छन्। उनले गत जुलाई १४ को राति उर्लिएको बालासन खोलाबाट चार जना पर्यटकको ज्यान बचाउँदै साहसिक कार्य गरेका थिए। उनको असाधारण साहसको कदर गर्दै गोरखा एम्पावर केयर फाउन्डेसनका संस्थापक चन्दन सिटौलाले शुक्रबार औपचारिक रूपमा बहादुरी पुरस्कारका लागि सिफारिस प्रस्ताव पेश गरेका छन्। उक्त सिफारिस पत्र सेन्ट मेरीज–३ ग्राम पञ्चायतमार्फत कुर्सेङका ब्लक विकास अधिकारी (BDO) समक्ष पठाइएको छ। यस अवसरमा बोल्दै सिटौलाले दिल कुमार सुब्बाले आफ्नै ज्यान जोखिममा राख्दै खतरनाक बहावमा फसेका चार पर्यटकलाई उद्धार गरेर असाधारण साहस देखाएको…
प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्धित अधिकारीहरूबीच बृहत् छलफल भएको छ। बुधबार भारतको दार्जिलिङ जिल्लास्थित मालबारीमा उक्त छलफल सम्पन्न भएको हो। छलफलका क्रममा संविधानसभा सदस्य रविन कोइरालाले समस्या समाधानका लागि दिल्ली–काठमाडौं स्तरमा समेत वार्ता हुनुपर्नेमा जोड दिँदै दुवै देशका सम्बन्धित निकायले समन्वयात्मक पहल गर्नुपर्ने बताए। त्यस्तै, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले साँझपख भारतीय हात्ती नेपालतर्फ धपाउने गरिएको, रबरको गोली प्रयोग गरिने गरेको भन्ने नेपालतर्फ जनगुनासो रहेकाले यसको यथार्थबारे स्पष्टता आवश्यक रहेको बताए। उनले भारततर्फ हात्ती नियन्त्रणका लागि के–कस्ता प्रयास भइरहेका छन् भन्नेबारे पनि चासो व्यक्त गरे। नगरप्रमुख…
झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ छुट्याइएको छ । साथै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड…
प्रविण अधिकारी झापा । सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पूर्वी सिमानाका काकडभिट्टामा गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। आज दिउँसो करिब ५:१० बजे झापाको मेचीनगर नगरपालिका–६, काकडभिट्टा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (BOP) काकडभिट्टाबाट खटिएको टोली र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्राप्त विवरणअनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उनको साथबाट ५७०…