Skip to main content

Purbi Garjan

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनानि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ ।

बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार बराबर रहेको जनाइएको छ । बरामद गरिएको चिनी, पिकअप र मोटरसाइकल आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र स्रोतका अनुसार सो चिनीसहितका दुई वटै सवारीसाधन बिर्तामोडका कारोबारी पिन्टु साहको रहेको जनाएको छ । साहले काँकडभिट्टाबाट दैनिक लाखौँ मुल्य बराबरको खाद्यान्न सामग्रीसहित लत्ताकपडा लगायतका सामान भन्सार छलेर भित्राउँदै आइरहेको पाइएको छ । कारोबारी साहले ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई समेत मासिक रुपमा लाइन बुझाउँदै खुलेआम रुपमा भन्सार छलेका सामान बिर्तामोडसम्म ल्याउँदै आइरहेका छन् ।

उनले कारबाहीमा परेका एक प्रहरीलाई लाइन बुझाएर काम गर्दै आइरहेका थिए । लाइन मिलाउने प्रहरी कारबाहीमा परेपछि उनको सामान सशस्त्र प्रहरीले बरामद गरेको कारोबारी स्रोतको दाबी छ । बिर्तामोडमा आउने ठूलो मात्राका खाद्यान्न सामग्री साह बाहेक अरू कसैले पनि भित्राउन नसक्ने स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali