Skip to main content

Purbi Garjan

काकडभिट्टा नाकाबाट आधा केजी सुन, २० हजार डलर र भारु ८५ हजारसहित भारतीय नागरिक पक्राउ प्रविण अधिकारी

प्रविण अधिकारी
झापा । सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पूर्वी सिमानाका काकडभिट्टामा गरिएको नियमित चेकजाँचका क्रममा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित सशस्त्र प्रहरी र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।

आज दिउँसो करिब ५:१० बजे झापाको मेचीनगर नगरपालिका–६, काकडभिट्टा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (BOP) काकडभिट्टाबाट खटिएको टोली र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

प्राप्त विवरणअनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उनको साथबाट ५७० ग्राम २४ क्यारेट (९९९.९ शुद्धता) सुन बरामद गरिएको छ, जसको अनुमानित मूल्य १ करोड ४५ लाख रुपैयाँभन्दा बढी रहेको छ।

त्यस्तै, उनको साथबाट अमेरिकी डलर २०,००० (नेपाली रुपैयाँ करिब ३० लाख ६५ हजार) र भारतीय रुपैयाँ ८५,४१० (नेपाली रुपैयाँ करिब १ लाख ३६ हजार ६५६) समेत फेला परेको छ। साथै सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कार्ड तथा अन्य कागजातहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सुन, नगद तथा अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी थप कडा बनाउँदै आएको र यस्ता कारबाहीलाई निरन्तरता दिइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali