Skip to main content

Purbi Garjan

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी
मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठामा सोही विद्यालयमा गत बैशाख २२ गतेदेखि अध्यापन गराइरहेकी शिक्षिका कविता कुमारी ढुंगाना मृत अवस्थामा फेला परिन् ।

बाहिरबाट कोठामा चाबी लगाइएको र कोठाभित्र रहेको पलङ माथि उत्तानो परेको अवस्थामा उनी मृत अवस्थामा फेला परेकी हुन्। उनको शंकास्पद मृत्युुका कारण यतिबेला विद्यालय परिवार, समाज र मृतक ढुंगाना परिवार शोकमा छन्। तर उक्त घटना थप जटिल बन्दै गएको छ।

कविता मृत फेला परेको भवन                                                 सोमबार शिक्षिका मृत फेला परेपछि मंगलबार उनको परिवार झापा आइसकेको छ भने शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। तर मृतक शिक्षिकाको परिवारले पोस्टमार्टमका लागि धरान लाने अडान राखेपछि आज धरान लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कतार पुगेकी कविता कसरी आइपुगिन झापा..!
घटनालाई लिएर अनेक टिप्पणी भइरहेका बेला थप नयाँ रहस्य खुलेको छ। दुईवर्ष अघि कामदारको रुपमा कतार उडेकी कविता उतै रहेको भन्ने कुरामा परिवार विश्वस्त थियोे । कविताले कतारकै नम्बरबाट व्हाट्सएप अकाउन्ट् बनाएर परिवारसँग गफ गर्ने गरेकी थिइन् । पारिवारिक श्रोतका अनुसार घटनाको केहिदिन अघि मात्रै पनि कविताले व्हाट्सएप नम्बर मार्फत परिवारसँग अडियो कल गर्दा आफू कतारमै रहेको बताएकी थिइन ।

कतार पुगेको प्रमाण

परिवारका सदस्यले भिडियो कल गर्न खोज्दा आफ्नो क्यामेरा बिग्रेको भन्दै अडियो कलमा मात्रै कुराकानी भएको थियोे । परिवारले पुर्वी गर्जनलाई दिएको जानकारी अनुसार विद्यालयले श्रीमान -श्रीमती भनेपनि ढुंगानाको बिहे नै नभएको र घटना पछि फरार रहेका रतन गुप्तालाई आफुहरुले नचिन्ने बताएका छन्। विद्यालयले के आधारमा श्रीमान श्रीमती भन्यो र काममा कुन डकुमेन्टका आधारमा राख्यो भनेर परिवारले प्रश्न गरिरहेको छ।

कतार पुगेको ७ महिनामै दिल्ली आइपुगेकि थिइन् कविता
परिवारले काम गर्नका लागि कतार पठाएकी कविता सन २०२४ मे २३ तारिख कतार पुगेको र ७ महिना कतार बसेर उनी २०२४ डिसेम्बर २३ तारिख भारतको नयाँ दिल्ली आइपुगेको देखिन्छ। नेपालबाट कतार गएकी उनी परिवारलाई जानकारी नै नगराई दिल्ली किन आइपुगिन् र हाल फरार रहेका रतन गुप्तासँग उनको कहिलेदेखि परिचय भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन।

उनको राहदानीमा दिल्ली आइपुगेको छाप

त्यसपछि मृतक कविता हाल फरार रहेका रतन गुप्तासँग नेपाल आएर काकडभिट्टा स्थित एउटा होटलमा १ महिना भन्दा बढि बसेको र त्यो होटल छाडेर काकडभिट्टा आसपासका अन्य होटल हुँदै भट्टराई चोक आसपास कोठा भाडामा लिएर बसेको देखिन्छ। दैनिक आवश्यक तरकारी तथा खाद्यान्न किन्ने पसल र स्थानीयलाई उनिहरुले आफुहरु दाजु बहिनी रहेको बताएको पाइन्छ ।

गुप्ताले होटलमा बस्दा बुझाएको राहदानी

कविताकै मोबाइल र बैंक अकाउन्ट् प्रयोग गर्थे रतन गुप्ता

कविता र रतनको काकडभिट्टा स्थित एक होटलमा शुरुआती बसाइ हुँदा उनिहरुले निकै खर्च गरेको देखिन्छ । पुर्वी गर्जन स्रोतका अनुसार काकडभिट्टाका केही बैंकहरुमा उनिहरुले ठुलो आर्थिक कारोबार गर्ने गरेको बुझिन्छ । काकडभिट्टा कै एक बैैंकले त कारोबार धेरै भएको भन्दै उनिहरुको खाता रोक्का समेत गरेको बुझिएको छ । यद्यपि उक्त बैंकले अरुको व्यक्तिगत डाटा दिन नमिल्ने भन्दै पन्छिएको छ । यो कुरा रतनले नै यहाँका स्थानीयलाई बताएको पाइएको छ। यो घटनाक्रम हेर्दा रतनले कवितालाई प्रयोग गरेर कतै अवैधानिक धन्दा त गरिरहेका थिएनन् भन्ने प्रश्न खडा भएको छ। यसलाई पुष्टि गर्ने एउटा आधार पुर्वी गर्जनले फेला पारेको छ।

छोरीलाई कतार काम गर्न पठाएको समयमा गत वर्षको कात्तिक महिनामा कविता कुमारी ढुंगानाले ५० हजार ठगी गरेको उजुरी परेको भन्दै एकाएक कविताको घरमा प्रहरी पुगेको परिवार स्रोतले बताएको छ। परिवारले कविता कतारमा रहेकोे र उनले कसरी ठग्छिन् भन्ने प्रति प्रश्न गरेपछि प्रहरी फर्किएको स्वयं परिवार स्रोतले जानकारी दिएको छ। यसले पनि हाल फरार रहेका रतनले कविताको खाता र मोबाइल प्रयोग गरेर ठगी धन्दा चलाएका त थिएनन् भन्ने प्रश्न खडा भएको छ।

लामो समयदेखि काकडभिट्टा बस्दै आएका उनिहरुले आफूहरू दाजु बहिनी रहेको परिचय दिनु र विद्यालयमा अध्यापनका क्रममा श्रीमान श्रीमती भनेर परिचय दिनु पनि शंकास्पद देखिन्छ। दैनिक जसो चोक बजार तथा पसलहरुमा देख्ने स्थानीयका अनसार रतनले मृतक कवितालाई मानसिक तनाव दिने गरेको बुझिन्छ। स्रोतका अनुसार उनी केही दिन अघि गालामा निलडाम बोकेर काकडभिट्टा कै एक मेडिकलमा पुगेकी थिइन् । उनले त्यहाँ बाथरुममा लडेको बताएपनि विद्यार्थीहरुलाई भने ज्वरो आएको बताएर बसेकी थिइन् ।

घटनामा भेटिएको चिठी र परिवारको शंका, विद्यालयले कमजोरी गरेको आरोप
घटनास्थलमा दुईवटा चिठी भेटिएको विषयमा पुर्वी गर्जनले यसअघि नै समाचार सम्प्रेषण गरिसकेको छ। उक्त चिठी अनुसार कविता माथिल्लो तलामा झुन्डिएको अवस्थामा देखेको र बचाउने प्रयत्न गर्दै तल्लो तलाको बेडरुममा आफूले लिएर आएको तर बचाउन नसकेको उल्लेख छ।हाल फरार रहेका रतनले विद्यालयका प्रिन्सिपल र निर्देशकलाई पठाएको म्यासेजमा समेत सोही कुरा उल्लेख गरेका छन्।

विद्यालयले जारी गरेको वक्तव्य

तर परिवारले उनी झुन्डिएको भनेको बाँसमा धुलै धुलो रहेको, सल बाँधेको स्थानमा डाम हुनुपर्नेमा त्यो नदेखिएको, बाहिरबाट चाबी लगाएको अवस्थामा मृत भेटिएको र रतन फरार रहेको विषयलाई शंकास्पद मानेका छन्। शवको प्रकृति हेर्दा हत्या नै भएको दावी गरेका छन्। कविताको मृत शरीरको कान तथा नाक र मुखमा खुन रहेको भन्दै परिवारले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम समेत गर्न मानेका छैनन् । उनिहरुले आजै धरान स्थित घोपा लैजाने बताएका छन्।

विद्यालयले उनिहरु श्रीमान श्रीमती हो कि होइन भनेर चेकजाँच नै नगरी र आवश्यक कागजपत्र समेत नखोजी विद्यालयमा शिक्षक -शिक्षिकाको रुपमा नियुक्ति दिनु कमजोरी भएको औंल्याएका छन्। घटनाका बखत विद्यालय परिसरमा रहेको सिसी क्यामेराहरु समेत नचल्नु पनि विद्यालयको कमजोरी रहेको परिवारको आरोप छ। उक्त चिठीमा लेखिएको भाषा समेत कविताको नभएको परिवारको दावी छ। काम गर्न कतार पठाएकी चेली घर फर्कने आशामा रहेका बेला काकडभिट्टामा रहस्यमय अवस्थामा मृत फेला परेको खबर सुनेपछि न्यायको खोजीमा भौतारिरहेको छ। परिवारले कुनै पनि हालतमा घटनाको दोषी उम्कन नहुने माग राख्दै आएको छ। यता घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali