Purbi Garjan

अन्तर्राष्ट्रिय

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

झापा । सिंगापुरमा जारी टी–ट्वान्टी एसियाली छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३१४ रनको विशाल योगफल खडा गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३१४ रन बनाउँदै विपक्षी टोलीलाई कठिन लक्ष्य दिएको हो। नेपालका लागि कुशल भुर्तेलले आक्रामक पारी खेल्दै ४३ बलमा सर्वाधिक १२९ रन जोडे। उनले आफ्नो इनिङ्समा १६ छक्का र ५ चौका प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। त्यस्तै अर्का ब्याट्सम्यान कुशल मल्लले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ८५ रन बनाए। कप्तान रोहित पौडेलले समेत आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ६९ रन जोडे। तीनै…
Read More
नेपाल-भारत सीमामा अवैध प्रवेश प्रयास, थाइ युवतीसहित ४ जना पक्राउ

नेपाल-भारत सीमामा अवैध प्रवेश प्रयास, थाइ युवतीसहित ४ जना पक्राउ

दार्जिलिङ, पश्चिम बंगाल । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तेस्रो देशका नागरिकहरूको अवैध आवागमन भइरहेको विशेष सूचनाका आधारमा भारतीय सशस्त्र सीमा बल (SSB) ले विशेष अपरेसन सञ्चालन गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ करिब ५:३० बजे पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत नक्सलबारी प्रहरी चौकी क्षेत्रको रतखोला नजिक (BP No. 88/08 आसपास) सशस्त्र सिमा बलको ४१औँ बटालियन, राणीडाँगा अन्तर्गत बी–कम्पनी मदनजोटे टोलीले उक्त अपरेसन सञ्चालन गरेको हो। अपरेसनका क्रममा टोलीले २ जना थाई नागरिक, १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। साथै एउटा कार, मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र राष्ट्रिय परिचयपत्र समेत बरामद गरिएको जनाइएको छ।…
Read More
बिजेपी नेता अधिकारीका पीएको कोलकातामा गाडी भित्रै गोली हानी हत्या

बिजेपी नेता अधिकारीका पीएको कोलकातामा गाडी भित्रै गोली हानी हत्या

भारत । कोलकातामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ। भर्खरै सम्पन्न विधानसभा निर्वाचनबाट पश्चिम बंगालमा १५ वर्षदेखि नेतृत्व गरिरहेकी ममता बेनर्जीलाई पराजित गरेका अधिकारीका पीए मारिएपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। सुबेन्दु अधिकारीका  निजी सचिव चन्द्रनाथ रथ (पीए चन्द्र) को भारतको पश्चिम बंगालस्थित कोलकातामा गोली हानी हत्या गरिएको छ। https://youtu.be/7dyQi3BARUU भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर २४ परगनाको माध्यमग्राम क्षेत्रमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले रथ सवार गाडीलाई पछ्याएर बीच बाटोमै रोकेका थिए। त्यसपछि उनीमाथि नजिकैबाट अन्धाधुन्ध गोली प्रहार गरिएको बताइएको छ। आक्रमणकारीहरूले चार राउण्ड गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये तीन…
Read More
आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज ( २० अप्रिल) साँझ६ बजेदेखि बन्द हुनेभएको छ। उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ। पश्चिम बंगालसँग सिमा जोडिएको झापाको काकडभिट्टा र इलामको पशुपति नगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो । जिल्ला प्रशासन अधिकारी हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।…
Read More
टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा आज बेलुका ५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष महत्वको छ, किनकि फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिँदैछ। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको अवसर पनि हो। आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले सम्हाल्नेछन्। नियमित कप्तान रोहित पौडेल भने यो सिरिजमा खेल्ने छैनन् । उनी स्क्वाडमा पनि समावेश गरिएका छैनन्। यस्तो अवस्थामा दीपेन्द्रका लागि टोलीलाई जित दिलाउँदै सिरिजको सुखद सुरुवात गर्ने चुनौती रहनेछ। नेपाल र यूएई टी–२०आईमा…
Read More

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे आएको भूकम्पपछि मौसम विभागले इवाते प्रान्तका लागि सुनामी चेतावनी जारी गरेको छ । यसपछि इवातेको ओफुनाटो सहरको तटीय क्षेत्रबाट ६ हजार १३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । मौसम एजेन्सीका अनुसार ओफुनाटो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामी छाल रेकर्ड गरिएको छ । छाल १ मिटरसम्म पुग्ने अनुमान गरिएको बेला सुनामी सूचना जारी गरिन्छ ।
Read More
टप एण्ड टी- ट्वान्टी: आज नेपाल र पाकिस्तान भिड्दै

टप एण्ड टी- ट्वान्टी: आज नेपाल र पाकिस्तान भिड्दै

झापा । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० शृङ्खला अन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको अन्तिम खेलअन्तर्गत आज नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे खेल सुरु हुनेछ। सहभागी ११ टोलीमध्ये हाल अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनलमा प्रवेश गर्न आजको खेल जित्नै पर्ने दबाब छ।
Read More
साफ यू–२० महिला फुटबलमा आज नेपाल र श्रीलंका दोस्रोपटक आमनेसामने

साफ यू–२० महिला फुटबलमा आज नेपाल र श्रीलंका दोस्रोपटक आमनेसामने

झापा । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ। नेपालले यसअघि श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरिसकेको छ। आजको खेलमा पनि नेपाल उत्कृष्ट जित निकाल्ने तयारीका साथ मैदानमा उत्रने छ । जारी प्रतियोगितामा नेपालले तीन खेल खेलेर दुई जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियोे । प्रतियोगितामा ९ अंक सहित बंगलादेश पहिलो स्थानमा छ…
Read More
साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै

झापा । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ। पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। अब उपाधि सम्भावना कायम राख्न नेपालका लागि श्रीलंकाविरुद्ध फराकिलो जित अनिवार्य बनेको छ। चार टोली सहभागी प्रतियोगितामा बंगलादेश दुई खेलमा जित निकाल्दै ६ अंकसहित अग्रस्थानमा छ। नेपाल तीन अंकसहित दोस्रो स्थानमा रहेको छ भने श्रीलंका दुवै खेल हारेर अंकविहीन छ। उसले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार ब्यहोरेको थियो। नेपालका लागि अहिलेसम्म पूर्णिमा राईले चार गोल…
Read More
अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

झापा । साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-२ को हार व्यहोरेको छ। खेलको अन्तिम मिनेटसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि इन्ज्युरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो। पहिलो हाफमै बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा सिना जहान शिखाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। गंगा रोकायाले क्लियर गर्न खोजेको बललाई शिखाले गोलमा परिणत गरेकी हुन्। नेपालले बराबरीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा अनिषा राईको फ्रि-किक क्रसबारमा ठोक्किएर फर्किएको थियो। ३६औं मिनेटमा नेपाली गोलकिपर सुजाता तामाङले बल समाउन नसकेपछि सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफको सुरुआतमै नेपालकी सिम्रन…
Read More
ne_NPNepali