Skip to main content

Purbi Garjan

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज ( २० अप्रिल) साँझ६ बजेदेखि बन्द हुनेभएको छ। उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ। पश्चिम बंगालसँग सिमा जोडिएको झापाको काकडभिट्टा र इलामको पशुपति नगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन अधिकारी हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।

निर्वाचन २३ अप्रिल २०२६ मा हुने तय भएको छ। प्रशासनले शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ।
यद्यपि, केही अत्यावश्यक अवस्थाका लागि छुट दिइएको छ। आपतकालीन स्वास्थ्य सेवा आवश्यक परेका व्यक्तिहरूलाई सीमा पार गर्न दिइनेछ भने वैध कागजात भएका पर्यटक तथा भारतीय नागरिकलाई सम्बन्धित प्रक्रिया पूरा गरी आवतजावत गर्न अनुमति दिइनेछ।

त्यस्तै, अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई कडाइका साथ जाँच गरी सञ्चालन गर्न दिइनेछ। दार्जिलिङ जिल्लाअन्तर्गत पर्ने ५ निर्वाचन क्षेत्रका मतदाताहरूलाई भने आवश्यक कागजातका आधारमा मतदान अवधिभित्र जिल्ला प्रवेश गर्न छुट दिइने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई नियमको पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali