Skip to main content

Purbi Garjan

आज साँझ ६ बजेदेखि काकडभिट्टा र पशुपति नगर नाका ७२ घण्टाका लागि बन्द

दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज ( २० अप्रिल) साँझ६ बजेदेखि बन्द हुनेभएको छ। उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ। पश्चिम बंगालसँग सिमा जोडिएको झापाको काकडभिट्टा र इलामको पशुपति नगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन अधिकारी हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।

निर्वाचन २३ अप्रिल २०२६ मा हुने तय भएको छ। प्रशासनले शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ।
यद्यपि, केही अत्यावश्यक अवस्थाका लागि छुट दिइएको छ। आपतकालीन स्वास्थ्य सेवा आवश्यक परेका व्यक्तिहरूलाई सीमा पार गर्न दिइनेछ भने वैध कागजात भएका पर्यटक तथा भारतीय नागरिकलाई सम्बन्धित प्रक्रिया पूरा गरी आवतजावत गर्न अनुमति दिइनेछ।

त्यस्तै, अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई कडाइका साथ जाँच गरी सञ्चालन गर्न दिइनेछ। दार्जिलिङ जिल्लाअन्तर्गत पर्ने ५ निर्वाचन क्षेत्रका मतदाताहरूलाई भने आवश्यक कागजातका आधारमा मतदान अवधिभित्र जिल्ला प्रवेश गर्न छुट दिइने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई नियमको पालना गर्न तथा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali