दार्जिलिङ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज ( २० अप्रिल) साँझ६ बजेदेखि बन्द हुनेभएको छ। उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ। पश्चिम बंगालसँग सिमा जोडिएको झापाको काकडभिट्टा र इलामको पशुपति नगर सिमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको हो । जिल्ला प्रशासन अधिकारी हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३(२) अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन्।…
काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा आज बेलुका ५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष महत्वको छ, किनकि फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिँदैछ। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको अवसर पनि हो। आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले सम्हाल्नेछन्। नियमित कप्तान रोहित पौडेल भने यो सिरिजमा खेल्ने छैनन् । उनी स्क्वाडमा पनि समावेश गरिएका छैनन्। यस्तो अवस्थामा दीपेन्द्रका लागि टोलीलाई जित दिलाउँदै सिरिजको सुखद सुरुवात गर्ने चुनौती रहनेछ। नेपाल र यूएई टी–२०आईमा…
भद्रपुर, बैशाख ७ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक चन्द्रगढी युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो हुने तेस्रो दिनको खेलमा बलियो टिम पुलिससँग आयोजकले सामना गर्दैछ । पुलिसले स्टार खेलाडी रेखा पौडेल, मिना देउवा, पूजा राना तथा अनुभवी गोलकिपर उषा नाथ, कप्तान अमृता जैसीलाई मैदान उतार्नेछ । आयोजक चन्द्रगढी युथ क्लबले महिला लिगमा सहभागी झापा फुटबल क्लब, बागमती युथ क्लबका खेलाडी र यु २० राष्ट्रिय टिमका खेलाडीको साथमा पुलिसलाई चुनौती दिँदैछ । केही स्थानीय खेलाडीले…