Skip to main content

Purbi Garjan

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र युएई भिड्दै

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ।

नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा आज बेलुका ५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष महत्वको छ, किनकि फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिँदैछ। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको अवसर पनि हो।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले सम्हाल्नेछन्। नियमित कप्तान रोहित पौडेल भने यो सिरिजमा खेल्ने छैनन् । उनी स्क्वाडमा पनि समावेश गरिएका छैनन्।

यस्तो अवस्थामा दीपेन्द्रका लागि टोलीलाई जित दिलाउँदै सिरिजको सुखद सुरुवात गर्ने चुनौती रहनेछ। नेपाल र यूएई टी–२०आईमा चिरपरिचित प्रतिस्पर्धी हुन्। हालसम्म दुई टोलीबीच ११ खेल भएका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने यूएई ५ खेलमा विजयी भएको छ। कीर्तिपुरमा भएको एकमात्र खेल भने यूएईले आफ्नो पक्षमा पारेको थियो।

नेपाली टोलीः
दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali