Skip to main content

Purbi Garjan

बिजेपी नेता अधिकारीका पीएको कोलकातामा गाडी भित्रै गोली हानी हत्या

भारत । कोलकातामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ। भर्खरै सम्पन्न विधानसभा निर्वाचनबाट पश्चिम बंगालमा १५ वर्षदेखि नेतृत्व गरिरहेकी ममता बेनर्जीलाई पराजित गरेका अधिकारीका पीए मारिएपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ।

सुबेन्दु अधिकारीका  निजी सचिव चन्द्रनाथ रथ (पीए चन्द्र) को भारतको पश्चिम बंगालस्थित कोलकातामा गोली हानी हत्या गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर २४ परगनाको माध्यमग्राम क्षेत्रमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले रथ सवार गाडीलाई पछ्याएर बीच बाटोमै रोकेका थिए। त्यसपछि उनीमाथि नजिकैबाट अन्धाधुन्ध गोली प्रहार गरिएको बताइएको छ।

आक्रमणकारीहरूले चार राउण्ड गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये तीन गोली रथको टाउको, छाती र खुट्टामा लागेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल नजिकैको निजी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

घटनापछि सम्पूर्ण क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरीले हत्या योजनाबद्ध रूपमा गरिएको आशंका गर्दै सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा घटनास्थलबाट संकलित प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

भाजपा नेता सुवेन्दु अधिकारी निकट व्यक्तिको हत्या भएपछि पश्चिम बंगालको राजनीति पुनः तातेको छ। घटनालाई लिएर विभिन्न राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आउन थालेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali