मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ। बिहीबार बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १२ च्याम्पियन बनेको हो। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको वडा नम्बर १२ ले १२औँ मिनेटमा अग्रता लियो। टोलीका फरवार्ड मनोज राईले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती बढत दिलाए। पहिलो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्। दोस्रो हाफमा पनि वडा नम्बर १२ ले खेलमाथि नियन्त्रण कायम राख्यो। ४८औँ मिनेटमा विवेक राईले अर्को गोल थप्दै अग्रता दोब्बर…
भारत । कोलकातामा भाजपा नेता सुवेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ। भर्खरै सम्पन्न विधानसभा निर्वाचनबाट पश्चिम बंगालमा १५ वर्षदेखि नेतृत्व गरिरहेकी ममता बेनर्जीलाई पराजित गरेका अधिकारीका पीए मारिएपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। सुबेन्दु अधिकारीका निजी सचिव चन्द्रनाथ रथ (पीए चन्द्र) को भारतको पश्चिम बंगालस्थित कोलकातामा गोली हानी हत्या गरिएको छ। https://youtu.be/7dyQi3BARUU भारतीय सञ्चारमाध्यमहरूका अनुसार उत्तर २४ परगनाको माध्यमग्राम क्षेत्रमा बुधबार राति मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीहरूले रथ सवार गाडीलाई पछ्याएर बीच बाटोमै रोकेका थिए। त्यसपछि उनीमाथि नजिकैबाट अन्धाधुन्ध गोली प्रहार गरिएको बताइएको छ। आक्रमणकारीहरूले चार राउण्ड गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीमध्ये तीन…