Skip to main content

Purbi Garjan

साफ यू–२० महिला फुटबलमा आज नेपाल र श्रीलंका दोस्रोपटक आमनेसामने

झापा । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज फेरि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

नेपालले यसअघि श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरिसकेको छ। आजको खेलमा पनि नेपाल उत्कृष्ट जित निकाल्ने तयारीका साथ मैदानमा उत्रने छ ।

जारी प्रतियोगितामा नेपालले तीन खेल खेलेर दुई जित र एक हार व्यहोरेको छ। पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको थियोे ।

प्रतियोगितामा ९ अंक सहित बंगलादेश पहिलो स्थानमा छ भने नेपाल ६ अंक सहित दोस्रो स्थान र भुटान तेस्रो स्थानमा छ।

उता, श्रीलंकाले भने अहिलेसम्म खेलेका सबै खेलमा हार बेहोर्दै लगातार पराजयको दबाबमा रहेको छ।

लिगको अन्त्यमा सबैभन्दा बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali