Skip to main content

Purbi Garjan

नेपाल-भारत सीमामा अवैध प्रवेश प्रयास, थाइ युवतीसहित ४ जना पक्राउ

दार्जिलिङ, पश्चिम बंगाल । भारत–नेपाल सीमावर्ती क्षेत्रमा तेस्रो देशका नागरिकहरूको अवैध आवागमन भइरहेको विशेष सूचनाका आधारमा भारतीय सशस्त्र सीमा बल (SSB) ले विशेष अपरेसन सञ्चालन गर्दै ४ जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार साँझ करिब ५:३० बजे पश्चिम बंगालको दार्जिलिङ जिल्लाअन्तर्गत नक्सलबारी प्रहरी चौकी क्षेत्रको रतखोला नजिक (BP No. 88/08 आसपास) सशस्त्र सिमा बलको ४१औँ बटालियन, राणीडाँगा अन्तर्गत बी–कम्पनी मदनजोटे टोलीले उक्त अपरेसन सञ्चालन गरेको हो।

अपरेसनका क्रममा टोलीले २ जना थाई नागरिक, १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। साथै एउटा कार, मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र राष्ट्रिय परिचयपत्र समेत बरामद गरिएको जनाइएको छ।

पक्राउ परेका थाई नागरिकहरू ४३ वर्षीया नुस्रा किङवान र ३३ वर्षीया साविनी चालासाई रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू अवैध मार्ग प्रयोग गरी भारत प्रवेश गर्न खोजिरहेका थिए र ‘थाई मसाज’को आवरणमा यौन व्यवसायसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।

नियन्त्रणमा लिइएका सबै व्यक्ति तथा बरामद सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नक्सलबारी प्रहरी चौकीमा बुझाइएको छ। उनीहरूमाथि पासपोर्ट ऐन तथा अन्य सम्बन्धित कानुनअनुसार मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
ne_NPNepali