Skip to main content

Purbi Garjan

काँकरभिट्टामा साउन दोस्रो सातादेखि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

मेचीनगर । झापाको मेचीनगर–६ काँकरभिट्टामा प्रथम दिपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

काँकरभिट्टा युवा क्लबको आयोजनामा आगामी साउन ९ गतेदेखि १६ गतेसम्म काँकरभिट्टा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

प्रतियोगितामा आयोजकसहित कोशी प्रदेशका ६ र भारतका २ टोली गरी कुल ८ टोलीको सहभागिता रहनेछ। नेपालतर्फ आयोजक काँकरभिट्टा युवा क्लब, बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब (मोरङ) र धरान एन्फा एकेडेमी अर्गनाइजेसन (सुनसरी) सहभागी हुनेछन्।

त्यस्तै, भारतबाट जोर्जेन फुटबल क्लब (कालेङपुङ) र कञ्चनजंघा फुटबल क्लब (सिलिगुडी) ले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो।

प्रतियोगितामा विजेता टोलीले नगद १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार ५ सय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव निमा लामाले जानकारी दिनुभयो। प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको पनि उहाँले बताउनुभयो।

हालै मात्र मेचीनगरलाई कार्यक्षेत्र बनाएर दर्ता भएको काँकरभिट्टा युवा क्लबले खेलकुदको विकाससँगै लागूऔषध दुर्व्यसन र सामाजिक बेथितिविरुद्ध सचेतना फैलाउने लक्ष्य राखेको क्लबका अध्यक्ष अनिल गुप्ताले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

रसुवा बाढी प्रभावित परिवारलाई गोर्खा समाज बागडोग्राको ठुलो आर्थिक सहयोग

प्रविण अधिकारी /नुवाकोट। छिमेकी मुलुक भारतको दार्जिलिङ जिल्ला बागडोग्रास्थित गोर्खा समुदायको पाँच सदस्यीय टोलीले रसुवाका बाढी प्रभ...
देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
ne_NPNepali