Skip to main content

Purbi Garjan

सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि यात्रु निराश, जहाज पुनः काठमाडौँ फर्कियो

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा शुक्रबार बिहान काठमाडौंबाट आएको जहाज मौसमको कारण अवतरण हुन नसकी पुनः काठमाडौं फर्किएको छ।

नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटार विमानस्थलमा हुस्सु र कुहिरो लागेर दृश्यता अत्यन्त कम भएपछि जहाजले अवतरण गर्न सकेन। “काठमाडौँबाट उड्ने समयमा मौसम सफा थियो, तर ल्यान्डिङको समयमै आकस्मिक रूपमा मौसम बदलिएपछि जहाज फर्काउनु परेको हो,” उनले बताए।

चार जना यात्रु लिएर आएको जहाज अन्ततः यात्रुहरू सहित काठमाडौंमै फर्किएको हो। ती यात्रुहरू सुकेटार पुगिसकेको अवस्थामा समेत विमान नओर्लेपछि घर फर्किन बाध्य भए।

त्यस्तै, ताप्लेजुङबाट काठमाडौँ जानका लागि होल्डिङ पास लिएर सात जना यात्रु बिहानैदेखि विमानस्थलमा प्रतीक्षारत थिए। राजधानीमा अत्यावश्यक कामका लागि जाँदै गरेका उनीहरू जहाज नआउँदा निराश भएर फर्किए।

“छोटो समयमा राजधानी पुगेर काम सकेर फर्किने सोच बनाएका थियौं,” एक यात्रुले भने, “तर अब लामो दूरीको सडकमार्गबाट यात्रा गर्नुपर्ने भयो।”

सुकेटार विमानस्थलमा मौसमको प्रतिकूलताका कारण प्रायः उडान अवरुद्ध हुने समस्या नियमितजस्तै बनिसकेको छ। यसले ताप्लेजुङका बासिन्दालाई वर्षौंदेखि सास्ती दिँदै आएको छ।समाचार स्रोत : गोरखापत्र अनलाइन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali