Skip to main content

Purbi Garjan

अखिल नेपाल खेलकुद महासंघ कोशी अध्यक्षमा श्रेष्ठ निर्वाचित, ६१ सदस्यीय कार्यसमिति चयन

इटहरी। अखिल नेपाल खेलकुद महासंघ प्रदेश–१ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न अधिवेशनले ६१ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो।

निर्वाचन समिति संयोजक राजेन्द्र किरातीका अनुसार उपाध्यक्षमा नयन श्रेष्ठ, गणेश मगर र योगेश थापा, सचिवमा इन्द्रकुमार योञ्जन तामाङ, सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ तथा कोषाध्यक्षमा जीवनी राई निर्वाचित भएका छन्।

प्रदेश–१ का १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिले नयाँ पदाधिकारीसहित कार्यसमिति चयन गरेका थिए। निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

अधिवेशनमा संघका केन्द्रीय इञ्चार्ज दीपक कोइराला, नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री इन्द्र आङ्बो (मौसम), प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), उपाध्यक्ष शिवकुमार डाँगी, विजय राईलगायतले शुभकामना दिएका थिए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सरस्वती पोखरेल, प्रदेशसभा सदस्य सपना परियार, संविधानसभा सदस्य सन्तोष थारू, प्रदेशसभा सदस्य गणेश उप्रेती (सुशिल), संघका केन्द्रीय अध्यक्ष शिव कोइराला, महासचिव रञ्जन धमनाललगायतले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

निर्वाचन समितिमा पत्रकार राजन केडी र विनु राई सदस्य रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali