Skip to main content

Purbi Garjan

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या, अभियुक्त आफैंले प्रहरीलाई दिए खबर

भोजपुर । भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। स्थानीय रामप्रसाद राई (राजेन्द्र राई)ले आफ्नी सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनापछि अभियुक्त राईले आफैं गएराति करिब १:१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

हत्या हुनेहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरी रहेका छन्।

प्रहरीका अनुसार अभियुक्त राईलाई नियन्त्रणमा लिइएको छ। उनको पेटमा चोट देखिएको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

हत्या कसरी र किन गरियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali