Skip to main content

Purbi Garjan

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या, अभियुक्त आफैंले प्रहरीलाई दिए खबर

भोजपुर । भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। स्थानीय रामप्रसाद राई (राजेन्द्र राई)ले आफ्नी सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

घटनापछि अभियुक्त राईले आफैं गएराति करिब १:१५ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा चारै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

हत्या हुनेहरूमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षीया श्रीमती मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरी रहेका छन्।

प्रहरीका अनुसार अभियुक्त राईलाई नियन्त्रणमा लिइएको छ। उनको पेटमा चोट देखिएको र स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

हत्या कसरी र किन गरियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali