Skip to main content

Purbi Garjan

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला
इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो भित्री सडकखण्डमा पल्टिँदा देउमाई–१ चमैता निवासी करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेतलाई गाडीले थिचेको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो। टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार रहेको बुझिएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali