Skip to main content

Purbi Garjan

ताप्लेजुङको सिदिङ्वामा चट्याङ लाग्दा एकको मृत्यु, एक घाइते

ताप्लेजुङ। सिदिङ्वा गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।

मंगलबार साँझ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका राजकुमार लिम्बूको साब्लाखुस्थित स्थानीय स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि स्वास्थ्यचौकीमा पुर्‍याइएको थियो।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका १७ वर्षीय मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

प्राकृतिक प्रकोपबाट भएको यस घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali