Skip to main content

Purbi Garjan

हेंवा खोलामा डाइभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध

पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम सिमानामा रहेको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मंगलबार अपराह्नदेखि निरन्तर परेको वर्षाका कारण खोलामा पानीको सतह बढ्दा बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको हो। पानीको चापले दुईवटा ह्युम पाइप थिचिएर वरिपरिको ढुंगा र बालुवा बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्काभेटर प्रयोग गरिएको र खोलाको सतह घट्दै गएकाले केहि घण्टाभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

एक सातादेखि खडेरी रहेको फिदिम र आसपासका क्षेत्रमा मंगलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा परेको अविरल वर्षाका कारण हेंवा खोलामा अचानक बाढी आएको थियो।

सडक अवरुद्ध हुँदा पाँचथर सदरमुकाम फिदिमसहित आसपासका क्षेत्रका बासिन्दा र यात्रुहरु समस्यामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali