Skip to main content

Purbi Garjan

हेंवा खोलामा डाइभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध

पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम सिमानामा रहेको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पाँचथर–ताप्लेजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मंगलबार अपराह्नदेखि निरन्तर परेको वर्षाका कारण खोलामा पानीको सतह बढ्दा बाढीले डाइभर्सनमा क्षति पुर्‍याएको हो। पानीको चापले दुईवटा ह्युम पाइप थिचिएर वरिपरिको ढुंगा र बालुवा बगाउँदा सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज बिहानैदेखि डाइभर्सन मर्मतका लागि स्काभेटर प्रयोग गरिएको र खोलाको सतह घट्दै गएकाले केहि घण्टाभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

एक सातादेखि खडेरी रहेको फिदिम र आसपासका क्षेत्रमा मंगलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा परेको अविरल वर्षाका कारण हेंवा खोलामा अचानक बाढी आएको थियो।

सडक अवरुद्ध हुँदा पाँचथर सदरमुकाम फिदिमसहित आसपासका क्षेत्रका बासिन्दा र यात्रुहरु समस्यामा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali