Skip to main content

Purbi Garjan

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला
इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ। तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको समयसँग सम्बन्धित ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको बताइएको छ।

कन्याम चिया बगानका स्टाफ होम प्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समयक्रममा फुटेर टुक्राटुक्रा भएको थियो। फुटेका टुक्राहरू कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको उहाँले बताउनुभयो।

“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो। पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भन्नुभयो, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरेर राखिएको छ।”

शिलालेखलाई संरक्षण गर्न कम्पनीका केही मजदुर परिचालन गरी सिमेन्टलगायत सामग्री प्रयोग गरेर टालटुल गरी खडा गरिएको भए पनि त्यस वरपर घेराबेरा भने नगरिएको रिजालको भनाइ छ। उहाँका अनुसार शिलालेखलाई व्यवस्थित रूपमा संरक्षण गर्न कम्पाउन्ड वा घेराबेरा आवश्यक छ।

“कम्पनीले त आफ्नोतर्फबाट टालटुल गरेर राखेको छ। तर त्यहाँ घेराबेरा छैन। अब यसलाई संरक्षण गरेर राख्नका लागि घेराबेरा गरिनुपर्छ,” रिजालले भन्नुभयो।

उहाँले ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनी दुवैको समन्वय आवश्यक रहेको बताउनुभयो। कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

यसअघि स्थानीय टेकराज गिरीले कन्याम चिया बगान सुरु हुँदाका समयमा तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताउनुभएको थियो। उहाँले शिलालेख फुटाएर वा मेटाएर कन्यामको इतिहास मेटाउन नसकिने भन्दै ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

कन्यामलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गरिरहँदा यसको प्राकृतिक सुन्दरता मात्र नभई राजपरिवार, चिया बगान र पुराना संरचनासँग जोडिएको ऐतिहासिक पक्षको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali