झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाटक झापाको मेचीनगरमा मञ्चन गरिएको छ। मेचीनगर–६ स्थित वडा कार्यालय नजिकैको सामुदायिक भवनमा परिवर्तन थिएटरद्वारा प्रस्तुत उक्त नाटकले पञ्चायतकालीन शासन प्रणालीमा राज्यले सर्वसाधारणमाथि गरेको दमनलाई सशक्त रूपमा चित्रण गरेको हो। नाटकमा “जो साँचो बोल्छ, उ मारिन्छ” भन्ने सन्देशलाई केन्द्रमा राख्दै जेल जीवनको भयावह यथार्थ प्रस्तुत गरिएको छ। विशेषगरी ८ नम्बर चौकीलाई ‘नर्क समान’ र ‘आतंकको केन्द्र’का रूपमा देखाइएको छ, जहाँ लगिएका कैदीहरू सुरक्षित फर्किने अवस्था नरहेको चित्रण गरिएको छ। कथामा सामान्य आरोपमै निर्दोष नागरिकहरूलाई जेल हालिने र त्यहाँ अमानवीय व्यवहार गरिने प्रसंगहरू…