Skip to main content

Purbi Garjan

जोरसिमलबाट भन्सार छलीका कपडा बरामद

मेचीनगर — सशस्त्र प्रहरी बलले मेचीनगरमा भन्सार छली गरेर ल्याइएका कपडा बरामद गरेको छ।

आज दिउँसो १२:२० बजेको समयमा मेचीनगर नगरपालिका–७ जोरसिमलस्थित चेकपोइन्टमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामग्री फेला पारेको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर काँकडभिट्टाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको जनाएको छ।

बरामद गरिएको सामग्रीमा चार बोरा लत्ताकपडा रहेका छन्, जसको भन्सार मूल्य रु. १,२८,६५० (एक लाख अठ्ठाइस हजार छ सय पचास) बराबर रहेको प्रहरीले जनाएको छ।
उक्त सामान आवश्यक कारबाहीका लागि सोही दिन दिउँसो १:१५ बजे मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali