Skip to main content

Purbi Garjan

उमानाथको ‘सनेस’ काठमाडौंमा विमोचन

झापा । झापाली साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को शनिवार भक्तपुरमा विमोचन भएको छ ।

सताक्षीधाम साहित्य सङ्गम र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य, प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पूर्व सदस्य लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरेका हुन् ।

कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा ‘सनेस’ भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनँले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए ।

लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था भएको चर्चा गर्दै उनका विभिन्न कृतिमध्ये लघुकथामा पहिलोपटक कलम चलाएर पनि स–सानामा कमजोरीबाहेक खोट लगाउने ठाउँ नभएको बताए ।
‘लेखक दाहालकी पत्नी उर्मिला दाहाल आफैँमा साहित्यकार र छन्द कविता वाचनमा उत्कृष्टता पहिचान बनाउन सफल कलाकार हुन्,’ उनले भने ‘ अहिले त बुहारी गरिमा पन्त, छोरी कल्पना र रचना पनि साहित्य विधामा निरन्तर कलम चलाइरहुन भएको छ । सिङ्गो परिवार साहित्य लेखन र सहयोगमा लाग्नु नेपाली साहित्य क्षेत्रमा खुसीको कुरा होे ।’

स्रष्टा एवं लघुकथाकार धु्रव मधिकर्मीले लघुकथा एकछिनको एक आयामको एउटा घटनाको छोटो आयाम भएको चर्चा गर्दै सानो किस्सामा लेखिने भए पनि यसको अर्थ, महत्व र लेखनमा धेरै मेहनत पर्ने बताए ।

लघुकथालाई सामान्य रूपमा लिन नहुने बताउँदै उनले यसमा हुनुपर्ने तत्वहरू नभए लुघकथा बन्न नसक्ने टिप्पणी गरे । उनले लेखक दाहालको लघुकथा लेखन विस्तारै गहन रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले लुघकथाको जगेर्नामा दाहालको प्रयास प्रभावकारी हुने बताए ।
‘सनेस’का समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले समाजका विकृति, विसङ्गति, राजनीतिक विसङ्गति, शिक्षा, पारिवारिक समस्या, सामाजिक, राजनीतिक एवं जातीय विभेद, सरकारप्रति व्यङ्ग्य समेटिएको यो सङ्ग्रह भाषा र प्रस्तुति शैलीबाट समेत उत्कृष्ट रहेको बताएका छन् ।

लेखक दाहालले यसअघि १० कथा सङ्ग्रह, बाल कविता सङ्ग्रह, बाल संसार, कविता सङ्ग्रह, गीति सङ्ग्रह प्रकाशित गरेका छन् । दाहालको लघुकथाको क्षेत्रमा भने यो पहिलो कृती हो । कार्यक्रममा हास्यकार डम्बर घिमिरे, बन्दना घिमिरे, लता केसी, निर्मला बराल ममतालगायतले दाहालको लघुकथाले सामाजिक सन्देश प्रवाह गर्न सफल हुने चर्चा गरे ।

‘सनेस’भित्र ६२ वटा लघुकथा सङ्ग्रहित छन् भने १५ देखि चार सय शब्दसम्मका लघुकथा छन् । कुल ८२ पृष्ठ लामो सङ्ग्रहको मूल्य रु दुई सय ५० कायम गरिएको छ ।
कार्यक्रममा लाेकार्पित कृतिबाट निर्मला बरालले परिवर्तन, रचना दाहालले भगवान र गरिमा पन्तले अलपत्र शीर्षकका लघुकथा वाचन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali