Skip to main content

Purbi Garjan

बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको जापानी इंसेफेलाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालमा जनाएको छ ।

पाण्डेको पार्थीव शरिरलाई पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिएको छ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन् । उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन् । रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेले नेपालको विभिन्न राजनीतिक परिवर्तनको ठुलो याेगदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali