Skip to main content

Purbi Garjan

बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन

काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

भदौ १३ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको जापानी इंसेफेलाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालमा जनाएको छ ।

पाण्डेको पार्थीव शरिरलाई पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिएको छ । पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन् । उनी उत्थान साप्ताहिकको सम्पादकसमेत हुन् । रुचिले वामपन्थी राजनीति र पेसाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेले नेपालको विभिन्न राजनीतिक परिवर्तनको ठुलो याेगदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali