Skip to main content

Purbi Garjan

झापामा ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईंका ८ कार्यकर्ता पक्राउ

प्रविण अधिकारी 

झापा । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंका ८ जना कार्यकर्ता पक्राउ परेका छन्।

दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै दुई वटा भारतीय ट्रक जलाएको आरोपमा दुर्गा प्रसाईँका ८ जना कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको भ्रातृ संस्था नागरिक प्रतिरक्षा बल (पीडीएफ)का झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, महाअभियानका जिल्ला सह-सचिव ३३ वर्षीय सुरेश चौधरी, हल्दिवारीका विवश लिम्बू, वीरबहादुर गुरुङ, बिर्तामोडका उदय लिम्बू, बुद्धशान्तिका बलिहाङ माबो लिम्बू, अर्जुनधाराका रुद्र भुजेल र मेचीनगरका राजेश महत रहेको जनाइएको छ।

प्रहरीले झापा संयोजक तुम्बापोलाई मंगलबार दिउँसो शिवसताक्षी–१ स्थित धरमपुर बजारबाट र चौधरीलाई सोमबार दिउँसो साढे ४ बजे बिर्तामोड ७ स्थित गरामनिबाट पक्राउ गरेको थियो।

त्यस्तै अन्य ६ जनालाई बिर्तामोड -१ चारपानेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू स्कोरपियो गाडी चढेर काठमाडौँ भाग्न खोज्दा जिल्लाको टोलीले पक्राउ गरेको जनाइएको छ। झापा संयोजक तुम्बापो र चौधरीमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ।

झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइसकेको प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। पक्राउ परेका अन्य व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेसँगै पक्राउ परेका उनीहरूले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए। साथै ट्रक चालकलाई समेत ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ। घाइते ट्रक चालकहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali