Skip to main content

Purbi Garjan

केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू

कमल । झापाको कमल ३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे ।

६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै बालबालिकाहरूको चौतर्फी विकासको लागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै तालिम सफलताको शुभकामना व्यक्त गरे ।

उनले यस प्रकारको तालिम बर्षेनी गर्दै शिक्षकहरूमा मन्टेश्वरी प्रविधि सम्बन्धी ज्ञान र प्रविधिहरूको उच्चतम् प्रयोगमा सधै लगनशील रहनुपर्ने र बालमैत्री वातावरणमा सरल ढंगले शिक्षण गर्न शिक्षकहरू सधै लागि पर्नुपर्ने स्कूलका संस्थापक प्रिन्सिपल त्रिलोचन गौतमले बताए ।

उक्त तालिममा सहजकर्ताको भूमिकामा कुशल प्रशिक्षक, मोटिभेशनल स्पिकर कृष्ण मिश्रले गर्नेछन् ।

यो तालिमले अब कसरी शैक्षिक पठनपाठन बालमैत्री ढंगले सरल र सहज तरिकाले मन्टेश्वरी विधिको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा स्कूलको निर्देशक कृष्णा आचार्य (गौतम) को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali