Skip to main content

Purbi Garjan

केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू

कमल । झापाको कमल ३ मा रहेको केर्खा पब्लिक स्कूलले शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिमको आयोजना गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन आज एक कार्यक्रमका बिच कमल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने गरे ।

६ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यप्रसाद न्यौपानेले विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई यस प्रकारको तालिमले शैक्षिक पेशासँग आधारित क्षमता विकास तथा बालमैत्री शैक्षिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै बालबालिकाहरूको चौतर्फी विकासको लागि शिक्षक सधै तत्पर रहनुपर्ने र त्यसको लागि शिक्षकहरूमा नविनतम तालिम तथा प्रविधिहरूसंग जानकार हुनुपर्ने बताउदै तालिम सफलताको शुभकामना व्यक्त गरे ।

उनले यस प्रकारको तालिम बर्षेनी गर्दै शिक्षकहरूमा मन्टेश्वरी प्रविधि सम्बन्धी ज्ञान र प्रविधिहरूको उच्चतम् प्रयोगमा सधै लगनशील रहनुपर्ने र बालमैत्री वातावरणमा सरल ढंगले शिक्षण गर्न शिक्षकहरू सधै लागि पर्नुपर्ने स्कूलका संस्थापक प्रिन्सिपल त्रिलोचन गौतमले बताए ।

उक्त तालिममा सहजकर्ताको भूमिकामा कुशल प्रशिक्षक, मोटिभेशनल स्पिकर कृष्ण मिश्रले गर्नेछन् ।

यो तालिमले अब कसरी शैक्षिक पठनपाठन बालमैत्री ढंगले सरल र सहज तरिकाले मन्टेश्वरी विधिको प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा स्कूलको निर्देशक कृष्णा आचार्य (गौतम) को भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali