Skip to main content

Purbi Garjan

झापाको शिवसताक्षीमा जुवातास खेलिरहेका १८ जना पक्राउ

झापा । झापाको शिवसताक्षीमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख ५४ हजार ५०० रुपैयाँ नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका- ११ ब्यांगडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का सेवराज राजवंशी छन् ।

यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रूपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन् ।

यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खडीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र कुँवर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ। रिमालको घरमा तासको खाल राखी हार मारको लागि नगद बाजी राखी तास खेलिरहेको पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

नजिकको प्रहरीलाई जानकारी नै नदिई दमक प्रहरीले तास खेलिरहेका १८ जनाको समूहलाई पक्राउ गर्नु रहस्य भएको हुन सक्ने आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali