Skip to main content

Purbi Garjan

झापामा ८३ वर्षकी वृद्धाको हत्या, दुईजना पक्राउ

विर्तामोड । झापाको  झापा गाउँपालिका वडा न. ६ पुष्पाञ्जली टोल बस्ने वर्ष ८३ की फुलमाया मुर्मुको हत्या गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो शनिबार फुलमाया दिउँसो ४:३० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर पुगेको थियोे । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको Dog सहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा मृत महिलाको टाउको र चिउडोमा प्रहार गरी कर्तव्य गरी मार्न प्रयोग भएको कलको ह्याण्डिल र फरुवा सहित घटना पश्चात फरार रहेका दुइजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा न.७ वस्ने वर्ष २८ को अजय यादव र शिवसताक्षी नगरपालिका वडा न.७ वस्ने वर्ष २४ को अशोक यादव रहेको प्रहरीले जनाएको छ।

खोजतलासको क्रममा घटनास्थलबाट लुटिएको कलर्स मोबाइल थान-१ र साइकल थान-१ सहित झापा जिल्ला झापा गाउँपालिका वडा नं.७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

भन्सार छलीका सामानसहित जोरसिमल नजिकैबाट अटो नियन्त्रणमा, साढे ७ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–८ जोरसिमल नजिकै मेचेबस्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित एउटा अटो...
दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

दमकमा दम्पतीबीच झै–झगडा, खुकुरी प्रहारपछि दुबैको मृत्यु 

झापा। झापाको दमक नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवादले दुःखद मोड लिँदा श्रीमान–श्रीमती दुवैको ज्यान गएको छ। जिल्ला प्रहरी का...
साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

साहसी युवा जसले उर्लँदो भेलबाट ४ जना पर्यटकको ज्यान बचाए

दार्जिलिङ । कुर्सेङ अन्तर्गत पर्ने दु्धिया निवासी दिल कुमार सुब्बालाई बहादुरी पुरस्कार प्रदान गर्न स्थानीय बासिन्दा तथा सामाजिक सं...
जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
ne_NPNepali