Skip to main content

Purbi Garjan

झापामा ८३ वर्षकी वृद्धाको हत्या, दुईजना पक्राउ

विर्तामोड । झापाको  झापा गाउँपालिका वडा न. ६ पुष्पाञ्जली टोल बस्ने वर्ष ८३ की फुलमाया मुर्मुको हत्या गरी फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो शनिबार फुलमाया दिउँसो ४:३० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर पुगेको थियोे । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको Dog सहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा मृत महिलाको टाउको र चिउडोमा प्रहार गरी कर्तव्य गरी मार्न प्रयोग भएको कलको ह्याण्डिल र फरुवा सहित घटना पश्चात फरार रहेका दुइजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा न.७ वस्ने वर्ष २८ को अजय यादव र शिवसताक्षी नगरपालिका वडा न.७ वस्ने वर्ष २४ को अशोक यादव रहेको प्रहरीले जनाएको छ।

खोजतलासको क्रममा घटनास्थलबाट लुटिएको कलर्स मोबाइल थान-१ र साइकल थान-१ सहित झापा जिल्ला झापा गाउँपालिका वडा नं.७ मदरगाछबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali