Purbi Garjan

झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

Advertisement

बिर्तामोड । विर्तामोडमा जारी “प्रथम झापा कप २०८१” मा दर्शकको साथ न्यून रहेको पाइएको छ । मंसिर २९ गतेदेखि विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा कप फुटबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनलका खेल सञ्चालन भइसक्दा समेत फुटबल हेर्ने दर्शकको संख्या न्यून रहिरहेको छ ।

खेलमैदानको पुर्व, पश्चिम, उत्तर र दक्षिणमा करिब १० हजार दर्शक अट्ने व्यवस्थित बाँसको प्यारापिट निर्माण गरिएको छ । तर, मैदानको उत्तर, दक्षिण र पश्चिममा विद्यार्थीसहित खेलप्रेमी दर्शकहरू उल्लेख्य रहेपनि पुर्वपट्टी भने वारपार नै दर्शक न्युन रहने गरेका छन् ।

अहिले दैनिक १ देखि ३ हजारको हाराहारीमा दर्शक मैदान उपस्थित हुँदा त्यसको करिब तीन भागको एक भाग चै विद्यार्थी नै रहने गरेका छन् । उनिहरू सबै फुटबलको रूनि भएर आफैं उपस्थित भएका भने होइनन् । उनीहरूलाई विद्यालयले प्रतियोगितामा सहयोग गरे बापत ल्याउने गरेका हुन् ।

प्रतियोगिता हेर्न दर्शकले १०० रूपैयाँको टिकट लिनुपर्ने हुन्छ । त्यस्तै सहयोगी संघ संस्था, कम्पनी, विर्तामोड, कनकाईलगायत केही स्थानीय पालिका, सहयोगी विद्यालयका विद्यार्थी शिक्षकलगायत केही सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि जारी प्रतियोगितामा दर्शकको कमि देखिएको छ ।

झापा मात्रै नभएर देशमा नै फुटबल खेलको विकास, प्रवर्द्धन र संवर्धानमा दिलोज्यान दिएर अगाडि बढ्ने व्यक्ति हुन् झापा ११ का वर्तमान अध्यक्ष जलकुमार गुरूङ । तर झापा ११ को आयोजनामा जारी प्रतियोगितामा खेल हेर्ने दर्शकले त्यति साथ नदिएको देखिन्छ ।

यस बिषयमा अध्यक्ष गुरूङसंग कुरा गर्दा झापा ११ पहिलो चरणबाटै बाहिरिएको थिएन भने दर्शक बढ्ने थिए तर त्यसो भएन सायद यसले पनि केही असर पुगेको हुनसक्छ । उनले थपे जति दर्शक छन् त्यो पनि काफि छ । प्रतियोगिता सञ्चालन भएपछि एक जना मात्रै दर्शकले साथ दिएपनि खेल सञ्चालन गर्नै पर्छ । तर, झापा कपमा दैनिक दुई/तीन हजार भएपनि दर्शक आइरहेका छन् । त्यो पनि आयोजकका लागि एउटा उर्जा नै हो, उनले भने । आयोजकको प्रतियोगिता सम्पन्न गर्ने खर्च जोहो भइ सकेको बताउँदै उनले भने सेमिफाइनलका खेलदेखि दर्शक बढ्ने अपेक्षा रहेको बताए ।

पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले "समाजवादका लागि सामना सांस्कृतिक अभियान" अन्तर्गत जनचेतनामूलक प्...
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्...
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत " सामना कन्सर्ट" हुने भएको छ। भोलि दिउ...
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा "चाराली म्युजिक फेस्ट २०२५ " आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमाल...