Purbi Garjan

झापा कप फुटबल प्रतियोगिताले पाएन दर्शकको साथ

बिर्तामोड । विर्तामोडमा जारी “प्रथम झापा कप २०८१” मा दर्शकको साथ न्यून रहेको पाइएको छ । मंसिर २९ गतेदेखि विर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन भइरहेको झापा कप फुटबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनलका खेल सञ्चालन भइसक्दा समेत फुटबल हेर्ने दर्शकको संख्या न्यून रहिरहेको छ ।

खेलमैदानको पुर्व, पश्चिम, उत्तर र दक्षिणमा करिब १० हजार दर्शक अट्ने व्यवस्थित बाँसको प्यारापिट निर्माण गरिएको छ । तर, मैदानको उत्तर, दक्षिण र पश्चिममा विद्यार्थीसहित खेलप्रेमी दर्शकहरू उल्लेख्य रहेपनि पुर्वपट्टी भने वारपार नै दर्शक न्युन रहने गरेका छन् ।

अहिले दैनिक १ देखि ३ हजारको हाराहारीमा दर्शक मैदान उपस्थित हुँदा त्यसको करिब तीन भागको एक भाग चै विद्यार्थी नै रहने गरेका छन् । उनिहरू सबै फुटबलको रूनि भएर आफैं उपस्थित भएका भने होइनन् । उनीहरूलाई विद्यालयले प्रतियोगितामा सहयोग गरे बापत ल्याउने गरेका हुन् ।

प्रतियोगिता हेर्न दर्शकले १०० रूपैयाँको टिकट लिनुपर्ने हुन्छ । त्यस्तै सहयोगी संघ संस्था, कम्पनी, विर्तामोड, कनकाईलगायत केही स्थानीय पालिका, सहयोगी विद्यालयका विद्यार्थी शिक्षकलगायत केही सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि जारी प्रतियोगितामा दर्शकको कमि देखिएको छ ।

झापा मात्रै नभएर देशमा नै फुटबल खेलको विकास, प्रवर्द्धन र संवर्धानमा दिलोज्यान दिएर अगाडि बढ्ने व्यक्ति हुन् झापा ११ का वर्तमान अध्यक्ष जलकुमार गुरूङ । तर झापा ११ को आयोजनामा जारी प्रतियोगितामा खेल हेर्ने दर्शकले त्यति साथ नदिएको देखिन्छ ।

यस बिषयमा अध्यक्ष गुरूङसंग कुरा गर्दा झापा ११ पहिलो चरणबाटै बाहिरिएको थिएन भने दर्शक बढ्ने थिए तर त्यसो भएन सायद यसले पनि केही असर पुगेको हुनसक्छ । उनले थपे जति दर्शक छन् त्यो पनि काफि छ । प्रतियोगिता सञ्चालन भएपछि एक जना मात्रै दर्शकले साथ दिएपनि खेल सञ्चालन गर्नै पर्छ । तर, झापा कपमा दैनिक दुई/तीन हजार भएपनि दर्शक आइरहेका छन् । त्यो पनि आयोजकका लागि एउटा उर्जा नै हो, उनले भने । आयोजकको प्रतियोगिता सम्पन्न गर्ने खर्च जोहो भइ सकेको बताउँदै उनले भने सेमिफाइनलका खेलदेखि दर्शक बढ्ने अपेक्षा रहेको बताए ।

पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

घट्यो वर्षा, तातो लहर बढ्दै

झापा, १९ जेठ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ...
चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

चीनविरुद्ध नेपालको विष्फोटक ब्याटिङ, ३१४ रनको विशाल लक्ष्य

झापा । सिंगापुरमा जारी टी–ट्वान्टी एसियाली छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्द...
आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

आर्थिक बर्षको बजेट २१ खर्ब २४ अर्ब बढी (पुर्णपाठ हेर्नुस् )

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्...
नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

नेपाल -भारत सीमा पानीटंकीबाट ब्राउन सुगरसहित नेपाली महिला पक्राउ

झापा। नेपाल -भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन्। शनिबार साँझ करिब ५:३० बजे एसएसबीक...
ne_NPNepali