Skip to main content

Purbi Garjan

सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

झापा । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाको सामुदायिक उत्तरदायित्व अन्तरर्गतको बार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीलाई सहयोग गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका विपन्न १० हजार भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेको बताउंदै यस्ता कार्यलाई सदैब अगाडि बढाइने बताए ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मिना देवी लावतिले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखीन । उनले सिम्रिकले गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहज हुने बताइन ।

वि. सं. २०२४ मा स्थापना भएको अरनिको विद्यालयमा अधिकांश मजदुरी गरेर जिविका चलाउने परिवारका बालबालिका अध्ययनरत छन् ।

झापा सहित ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले लामो समयदेखि समाज र समुदायको हित र उन्नतीमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दमक नगर समितिका अध्यक्ष तथा सिम्रिक साकोसका सदस्य नबीन योगीले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद काफ्ले, पुर्ब विद्यार्थी अनु ताजपुरिया, अभिभावक लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali