Skip to main content

Purbi Garjan

सिम्रिक सहकारिद्वारा अरनिको प्राविका विद्यार्थीलाई व्याग वितरण

झापा । झापाको कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी ब्यक्त गरे ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्व वहन गर्दै १ सय थान स्कूल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाको सामुदायिक उत्तरदायित्व अन्तरर्गतको बार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीलाई सहयोग गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका विपन्न १० हजार भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेको बताउंदै यस्ता कार्यलाई सदैब अगाडि बढाइने बताए ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मिना देवी लावतिले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखीन । उनले सिम्रिकले गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहज हुने बताइन ।

वि. सं. २०२४ मा स्थापना भएको अरनिको विद्यालयमा अधिकांश मजदुरी गरेर जिविका चलाउने परिवारका बालबालिका अध्ययनरत छन् ।

झापा सहित ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले लामो समयदेखि समाज र समुदायको हित र उन्नतीमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दमक नगर समितिका अध्यक्ष तथा सिम्रिक साकोसका सदस्य नबीन योगीले संचालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद काफ्ले, पुर्ब विद्यार्थी अनु ताजपुरिया, अभिभावक लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali