Skip to main content

Purbi Garjan

दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीको तयारी सुरु, झापाली व्यवसायी पनि जाने

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ हुने भएको छ । यो दोश्रो पटकको प्रदर्शनी हुन लागेको हो । कार्यक्रमको सम्पुर्ण तयारी सुरु भएको छ ।

पुस्तक प्रर्दशनीमा कोशी प्रदेशका व्यवसायी पनि सहभागि हुने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष जीवन नेपालका अनुसार पुस्तक प्रर्दशनीमा कोशीका पुस्तक व्यवसायी, पाठक, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी लगायतकाको सहभागिता हुने छ ।

नेपालका अनुसार झापा, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका जिल्लाबाट कम्तिमा १ सय व्यवसायीले प्रर्दशनीको अवलोकन गर्ने छन् । उनले भने, ‘पुस्तक व्यवसायी, प्रकाशक, लेखक, पाठकका लागि यो कार्यक्रम महत्वपुर्ण हुने छ ।’
पठन संस्कृतिको विकास र प्रवद्र्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा यस अघि २०८० को मंसिरमा साविककै ठाँउमा पहिलो पुस्तक प्रदशनी भएको थियो ।

महासंघ र करेन्ट मिडिया दुबै संस्थाद्वारा गत वर्षदेखि सुरु गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै पौष १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्ने महासंघका केन्द्रिय सह कोषाध्यक्ष रविन बरालले बताए । उनले भने,‘ यो पुस्तक प्रदर्शनीमा करिव १ लाख ले अवलोकन गर्ने छन् ।

’चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागर शर्माले जानकारी दिएका छन् ।

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारत, बंगलादेश, श्रीलङका, क्यानाडा, इटाली, जिम्वावे, सहितका अधिकांश देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू निर्माण हुने छन् । देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहररूको जमघट हुने महासंघका महासचिव बिष्णु प्रसाद पौडेलले  बताए । उनले भने ’प्रर्दशनीमा पुस्तकका साथै नेपालसहित विश्वका विभिन्न देशमा उत्पादित शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ  ।’

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा, साहित्य, कला, संस्कृति र सञ्चारको आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ ।

महोत्सव नेपाल तथा अन्य देशका समेत शैक्षिक, आर्थिक, सामाजिक तथा विभिन्न बिषय र क्षेत्रका विज्ञहरू बिच छलफल , बहस र अन्तरक्रियासमेत गरिने भएकाले सबैका लागि उपलब्धिमूलक बन्ने छ ।

प्रर्दशनीमा देशभरबाट पुस्तक तथा शैक्षिक सामग्रीसँग जोडिएका ५ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहररूले प्रर्दशनीमा सहभागती जनाउने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali