Skip to main content

Purbi Garjan

रण-खड्ग खवास फाउन्डेसनद्वारा चारजना सम्मानित

मेचीनगर । झापाको मेचीनगर -१५ स्थित रण–खड्ग खवास फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सबका अवसर पारेर चारवटा विधा अन्तर्गत उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट जिल्लाका चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसताक्षिकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मानबाट मेचीनगरका फरकक्षमता भएका राम बुढाथोकी र प्रोत्हसान पुरस्कारबाट धुलाबारी माविमा अध्ययनरत कक्षा–१० की दिव्या रायलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरु क्रमश उत्कृष्ट कृषि , उत्कृष्ट प्रतिभा र उत्कृष्ट महिला उद्यमीलाई समान रु १५०००/- र उत्कृष्ट प्रतिभालाई रु ५०००/- नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

उत्कृष्ट कृषक विधामा सम्मानित भएका कृषि अभियन्ता कुँवरले विभिन्न ठाउँमा गएर आफुले कृषिका विषयमा किसानहरुलाई प्रशिक्षण दिने गरेको बताए । उनले अहिले हाम्रो भान्सामा विषादी पाकिरहेकाले यसतर्फ सबै सचेत भएर विषादी रहित उत्पादनमा लाग्नुपर्ने बताए । सम्मानित भएकी महिला उद्यमी चौधरी दुधेमा मौरी पालन गरेर जीवीकोपार्जन गर्छिन् भने फरक क्षमताका बुढाथोकी लागूऔषध र समाजका विकृति विसंगति विरुद्ध सामाजिक सेवामा सक्रिय रहेका छन् । बुढाथोकी अपाङ्गता भएपनि धुलाबारीको प्रगतिशील युवा क्लबका अध्यक्ष हुन् ।

यसैगरी प्रोत्हसान पुरस्कारबाट सम्मानित कक्षा–१० की राय विभिन्न विद्यालयमा हुने हाजिरिजवाफ प्रतियोगितामा उत्कृष्ट हुने एक इमानदार एवम् मेद्यावी विद्यार्थी हुन् । उनले प्रदेश स्तरको वक्तित्वकलामा प्रथम स्थान हासिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali