Skip to main content

Purbi Garjan

मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच, हालसम्म १८०० लाभान्वित

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम शनिबार १३ नम्बर वडामा सम्पन्न भएको हो ।

पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । नगरको १, २, ३, ४ , ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नम्बर वडामा कार्यक्रम सकिएको छ । अब बाँकी रहेको वडामा पनि आइतबार र सोमबार सकिने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण अभियान मार्फत हालसम्म करिव एक हजार ८०० जनाले सो सेवा लिइसकेको बताए । उनले अपांगता भएको मानिसको पिडा स्वयं र परिवारलाई मात्रै थाहा हुन्छ । त्यो पिडा कल्पना मात्रै गर्दा पनि असामान्य लाग्छ । पालिकाले अपाङ्गताको क्षेत्रमा केही सुरूवात गरेको छ यसलाई सफल पार्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।

वडा नम्बर १३ मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका ९१ जना व्यक्तिहरु रहेका छन् । अभियानमा विशेषज्ञ डाक्टरसहित अशक्तहरुलाई स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरण गरिएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ । कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ । जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ । अभियानको चौधौ दिन आइतबार मेचीनगर १४ वडा कार्यालयमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali