Skip to main content

Purbi Garjan

अखिल (समाजवादी)झापाको तेस्रो पुर्ण बैठक सम्पन्न, विभित्र निर्णयहरू सार्वजनिक

बिर्तामोड। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) को तेस्रो पुर्ण बैठक विभित्र निर्णय गर्दै सम्पन्न भएको छ ।

झापाको विर्तामोडमा आज सम्पन्न बैठकमा विद्यार्थी हकहित, शैक्षिक सुधार, र संगठनको आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको अखिल (समाजवादी ) झापाले जानकारी दिएको छ ।

पार्टीका झापा जिल्ला ईन्चार्ज सुमन सिंह सि को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला सचिव संजय सि, विद्यार्थी संगठनका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश स-इन्चार्ज बिनोद सी लगायतको आतिथ्यता रहेको थियोे ।

बैठकमा झापा जिल्ला संगठनका विभिन्न नगर प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संगठनले विद्यार्थीहरूका शैक्षिक समस्या समाधान, राज्यको शिक्षा नीति सुधारको माग र स्वतन्त्र तथा गुणस्तरीय शिक्षाका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यार्थी हकहितलाई प्राथमिकतामा राख्दै बैठकले विशेषतः निजी शैक्षिक संस्थाहरूमा बढ्दो शुल्क, सार्वजनिक शिक्षाको सुधार, र ग्रामीण क्षेत्रका विद्यालयहरूको स्तरोन्नतिका विषयमा विशेष योजना अघि सारेको छ ।

संगठनले आगामी रणनीतिका रुपमा विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउन चरणबद्ध कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरेको जनाएको छ।

जस अन्तर्गत शैक्षिक समस्यामा केन्द्रित छलफल कार्यक्रमहरू, विद्यार्थीहरूमाथि हुने दमनविरुद्ध प्रतिरोधात्मक कार्यक्रम, सम्मेलनको तयारी , स्ववियु निर्वाचन तयारी लगायतका कार्यक्रम रहेका छन्।

संगठनका नेताहरूले शिक्षा क्षेत्रमा देखिएको असमानता अन्त्य गर्न र विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूलाई दबाब दिने बताए । बैठकले विद्यार्थीहरूको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ समेत संगठनका झापा अध्यक्ष डिपि सि ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali