Skip to main content

Purbi Garjan

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर्णयहरु गर्दै जिल्ला समितिको छैटौँ पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विशेष महत्वका विभिन्न निर्णयहरू गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिहरूमा नयाँ मार्गचित्र तय गरेको हो।

जिल्ला बैठकमा पार्टीका केन्द्रीय नीतिहरूलाई जिल्ला हुँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ। साथै, जनवर्गीय संगठनहरूको विस्तार, आन्दोलनका स्वरूपहरू र जनसरोकारका मुद्दाहरूलाई केन्द्रमा राखेर कार्ययोजना बनाइएको पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले जानकारी दिए।

पार्टीका किराँत लिम्बुवान प्रदेशका इन्चार्ज दिपेश सी ले बैठकलाई सम्बोधन गर्दै संगठनलाई जनतामुखी बनाउने, पार्टीलाई बलियो बनाउने, र सामाजिक रूपान्तरणका लागि प्रभावकारी कदम चाल्ने विषयमा जोड दिए। उनले बदलिंदो राजनीतिक परिस्थितिमा पार्टीको भूमिका र जिम्मेवारी थप महत्वपूर्ण भएको उल्लेख गर्दै आन्दोलनलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकले आगामी महिनाहरूमा आयोजना हुने विभिन्न कार्यक्रम र अभियानहरूको तालिका तयार गर्दै जिल्ला समितिलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। जिल्ला बैठकले पार्टीको केन्द्रीय नितिलाई स्थानीय तहसम्म पुर्‍याउने निर्णय गर्दै जिल्ला बैठक सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali