Skip to main content

Purbi Garjan

नेपाल कम्युनिष्ट पार्टी झापाको छैटौँ पूर्ण बैठक सम्पन्न, यस्तो छ आगामी रणनीति

विर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको आगामी रणनीति, सांगठनिक गतिविधि र उत्पादनका विषयमा विभिन्न निर्णयहरु गर्दै जिल्ला समितिको छैटौँ पूर्ण बैठक सम्पन्न गरेको छ । बैठकले विशेष महत्वका विभिन्न निर्णयहरू गर्दै पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिहरूमा नयाँ मार्गचित्र तय गरेको हो।

जिल्ला बैठकमा पार्टीका केन्द्रीय नीतिहरूलाई जिल्ला हुँदै स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नेबारे छलफल भएको बताइएको छ। साथै, जनवर्गीय संगठनहरूको विस्तार, आन्दोलनका स्वरूपहरू र जनसरोकारका मुद्दाहरूलाई केन्द्रमा राखेर कार्ययोजना बनाइएको पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले जानकारी दिए।

पार्टीका किराँत लिम्बुवान प्रदेशका इन्चार्ज दिपेश सी ले बैठकलाई सम्बोधन गर्दै संगठनलाई जनतामुखी बनाउने, पार्टीलाई बलियो बनाउने, र सामाजिक रूपान्तरणका लागि प्रभावकारी कदम चाल्ने विषयमा जोड दिए। उनले बदलिंदो राजनीतिक परिस्थितिमा पार्टीको भूमिका र जिम्मेवारी थप महत्वपूर्ण भएको उल्लेख गर्दै आन्दोलनलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकले आगामी महिनाहरूमा आयोजना हुने विभिन्न कार्यक्रम र अभियानहरूको तालिका तयार गर्दै जिल्ला समितिलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। जिल्ला बैठकले पार्टीको केन्द्रीय नितिलाई स्थानीय तहसम्म पुर्‍याउने निर्णय गर्दै जिल्ला बैठक सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali