Skip to main content

Purbi Garjan

तीनबुदे कार्यनयनको माग गर्दै झापाका सीडीओलाई हजारौं जनताको हस्ताक्षर सहित ज्ञापनपत्र

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल झापाले झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपालकुमार अधिकारीलाई तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै संकलन गरिएको हजारौं जनताको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको छ।

युवा संगठन नेपालका केन्द्रीय महासचिव सुवास सी को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलीले आज मंगलबार अधिकारीलाई हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुदे सहमति कार्यनयन गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ,- “नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलकदमी गर्न माग गर्दछौ ।”

त्यस्तै नेकपा र राज्यविच भएको ३ बुदे सहमति कार्यान्वन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या सामाधान गर्न नेकपा संगको संवादलाई अगाडि वढाउन माग गरिएको छ। राजनैतिक आस्थाका वन्दि रिहाईका लागि सरकारले आवश्यक पहल गर्न समेत संगठनले माग गरेको छ।

युवा संगठनका केन्द्रीय महासचिव सुवास सी का अनुसार राज्यले आफैंले गरेको सहमति कार्यनयनमा आलटाल गर्दै आएकाले ध्यानाकर्षण गराउनका निमित्त यो कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिएको जानकारी दिए। तीन बुँदे सहमति कार्यान्वयनको विषयमा सरकार गम्भीर भएन भने संगठनले कडा आन्दोलनको बाटो रोज्ने समेत उनले बताए ।

युवा संगठनको मागलाई प्राथमिकताका साथ कार्यालयका तर्फबाट केन्द्रीय सरकारलाई तत्काल जानकारी गराउने प्रमुख अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali