Skip to main content

Purbi Garjan

तीनबुदे कार्यनयनको माग गर्दै झापाका सीडीओलाई हजारौं जनताको हस्ताक्षर सहित ज्ञापनपत्र

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल झापाले झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपालकुमार अधिकारीलाई तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै संकलन गरिएको हजारौं जनताको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएको छ।

युवा संगठन नेपालका केन्द्रीय महासचिव सुवास सी को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलीले आज मंगलबार अधिकारीलाई हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाइएको हो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुदे सहमति कार्यनयन गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ,- “नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुका झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहलकदमी गर्न माग गर्दछौ ।”

त्यस्तै नेकपा र राज्यविच भएको ३ बुदे सहमति कार्यान्वन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या सामाधान गर्न नेकपा संगको संवादलाई अगाडि वढाउन माग गरिएको छ। राजनैतिक आस्थाका वन्दि रिहाईका लागि सरकारले आवश्यक पहल गर्न समेत संगठनले माग गरेको छ।

युवा संगठनका केन्द्रीय महासचिव सुवास सी का अनुसार राज्यले आफैंले गरेको सहमति कार्यनयनमा आलटाल गर्दै आएकाले ध्यानाकर्षण गराउनका निमित्त यो कार्यक्रम देशव्यापी रुपमा आयोजना गरिएको जानकारी दिए। तीन बुँदे सहमति कार्यान्वयनको विषयमा सरकार गम्भीर भएन भने संगठनले कडा आन्दोलनको बाटो रोज्ने समेत उनले बताए ।

युवा संगठनको मागलाई प्राथमिकताका साथ कार्यालयका तर्फबाट केन्द्रीय सरकारलाई तत्काल जानकारी गराउने प्रमुख अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali