Skip to main content

Purbi Garjan

युवा संगठन नेपालले उपत्यकाका तीन जिल्लामा बुझायो हस्ताक्षरसहित ज्ञापनपत्र

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यलयमा हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार पक्षले बेवास्ता गरेको भन्दै दबाबस्वरुप माघ ५ गतेदेखि ८ गतेसम्म संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो ।

युवा संगठन नेपालका काठमाडौं जिल्ला ईन्चार्ज छेम्बे सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, संगठनका ललितपुर जिल्ला ईन्चार्ज कैलाश सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुर र संगठनका भक्तपुर जिल्ला ईन्चार्ज मदन सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको हो ।

सो पत्रमा नेकपाका नेताकार्यकर्ताहरु माथी लगाइएका झुठा मुद्दाहरु खारेज, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वन र राजनैतिक आस्थाका बन्दी रिहाईको माग समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali