Skip to main content

Purbi Garjan

युवा संगठन नेपालले उपत्यकाका तीन जिल्लामा बुझायो हस्ताक्षरसहित ज्ञापनपत्र

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यलयमा हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा सरकार पक्षले बेवास्ता गरेको भन्दै दबाबस्वरुप माघ ५ गतेदेखि ८ गतेसम्म संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो ।

युवा संगठन नेपालका काठमाडौं जिल्ला ईन्चार्ज छेम्बे सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, संगठनका ललितपुर जिल्ला ईन्चार्ज कैलाश सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ललितपुर र संगठनका भक्तपुर जिल्ला ईन्चार्ज मदन सीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको हो ।

सो पत्रमा नेकपाका नेताकार्यकर्ताहरु माथी लगाइएका झुठा मुद्दाहरु खारेज, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वन र राजनैतिक आस्थाका बन्दी रिहाईको माग समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali