Skip to main content

Purbi Garjan

झापाको एक विद्यालयका विद्यार्थीहरुमा काम्ने र बर्बराउने समस्या, विद्यालय आकस्मिक बन्द गरियो

कचनकवल । झापाको  कचनकवल गाउँपालिका–५ स्थित जानकी मावि कक्षा ९ मा अध्ययनरत केही विद्यार्थीहरूमा अस्वाभाविक स्वास्थ्य समस्याका लक्षण देखा परेपछि विद्यालय आकस्मिक रुपमा आज विदा दिइएको छ। गाउँपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। ती विद्यार्थीहरूमा पटक–पटक पातल झस्किने, डर लाग्ने, शरीर काम्ने जस्ता लक्षण देखिएको विद्यालयले जानकारी दिएको छ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, शिक्षा शाखा प्रमुख मनिता बराललगायतको टोली विद्यालय र प्रभावित विद्यार्थीहरूको घरदैलोमा पुगेर समस्या समाधानको लागि काम अघि बढाएको छ।

टोलीले विद्यार्थीका अभिभावकहरूसँग छलफल गरी समस्या र घटनाको कारणबारे बुझ्न प्रयास गरेको छ। प्रारम्भिक अध्ययनका आधारमा जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले यो समस्या न्युरोलोजिकल वा मानसिक स्वास्थ्यसँग सम्बन्धित फङ्सनल डिसअर्डर हुन सक्ने सम्भावना औंल्याएका छन्।

उनका अनुसार, फङ्सनल डिसअर्डर भनेको मानसिक तनाव, डर, सामाजिक दबाब वा अन्य भावनात्मक कारणले शारीरिक समस्या उत्पन्न हुने अवस्था हो। यस्तो समस्या प्रायः किशोरावस्थामा देखिने र यसले गम्भीर मानसिक असर पुर्‍याउन सक्ने उनले बताएका छन्।

प्रभावित विद्यार्थीहरूको तत्काल परामर्श तथा स्वास्थ्य परीक्षण गरिसकिएको छ। विद्यालयलाई सकारात्मक वातावरण निर्माण गर्न र विद्यार्थीको मनोबल उच्च बनाउन निर्देशन दिइएको छ। यसका साथै, समस्या समाधानका लागि चाँडै मनोसामाजिक परामर्शदाता र मनोचिकित्सकको सहयोगमा विस्तृत स्वास्थ्य परीक्षण गरिने निर्णय भएको छ।

गाउँपालिकाका अध्यक्ष राजवंशीले घटनालाई गम्भीरतापूर्वक लिँदै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै कदम चालिने आश्वासन दिएका छन्। स्वास्थ्य र शिक्षा शाखासँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिने र समस्याको स्थायी समाधानका लागि प्रतिबद्धता जनाएका छन्।

समुदायमा पनि स्वास्थ्य र मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न पहल गरिने जनाइएको छ। टोलीले विद्यार्थी र अभिभावकलाई ढुक्क रहन आग्रह गर्दै समस्याको गहिरो अध्ययन र समाधानका लागि निरन्तर प्रयास गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali