Skip to main content

Purbi Garjan

झापाको एक विद्यालयका विद्यार्थीहरुमा काम्ने र बर्बराउने समस्या, विद्यालय आकस्मिक बन्द गरियो

कचनकवल । झापाको  कचनकवल गाउँपालिका–५ स्थित जानकी मावि कक्षा ९ मा अध्ययनरत केही विद्यार्थीहरूमा अस्वाभाविक स्वास्थ्य समस्याका लक्षण देखा परेपछि विद्यालय आकस्मिक रुपमा आज विदा दिइएको छ। गाउँपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। ती विद्यार्थीहरूमा पटक–पटक पातल झस्किने, डर लाग्ने, शरीर काम्ने जस्ता लक्षण देखिएको विद्यालयले जानकारी दिएको छ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनस्वास्थ्य निरीक्षक नवीन मिश्र, शिक्षा शाखा प्रमुख मनिता बराललगायतको टोली विद्यालय र प्रभावित विद्यार्थीहरूको घरदैलोमा पुगेर समस्या समाधानको लागि काम अघि बढाएको छ।

टोलीले विद्यार्थीका अभिभावकहरूसँग छलफल गरी समस्या र घटनाको कारणबारे बुझ्न प्रयास गरेको छ। प्रारम्भिक अध्ययनका आधारमा जनस्वास्थ्य निरीक्षक नवीन मिश्रले यो समस्या न्युरोलोजिकल वा मानसिक स्वास्थ्यसँग सम्बन्धित फङ्सनल डिसअर्डर हुन सक्ने सम्भावना औंल्याएका छन्।

उनका अनुसार, फङ्सनल डिसअर्डर भनेको मानसिक तनाव, डर, सामाजिक दबाब वा अन्य भावनात्मक कारणले शारीरिक समस्या उत्पन्न हुने अवस्था हो। यस्तो समस्या प्रायः किशोरावस्थामा देखिने र यसले गम्भीर मानसिक असर पुर्‍याउन सक्ने उनले बताएका छन्।

प्रभावित विद्यार्थीहरूको तत्काल परामर्श तथा स्वास्थ्य परीक्षण गरिसकिएको छ। विद्यालयलाई सकारात्मक वातावरण निर्माण गर्न र विद्यार्थीको मनोबल उच्च बनाउन निर्देशन दिइएको छ। यसका साथै, समस्या समाधानका लागि चाँडै मनोसामाजिक परामर्शदाता र मनोचिकित्सकको सहयोगमा विस्तृत स्वास्थ्य परीक्षण गरिने निर्णय भएको छ।

गाउँपालिकाका अध्यक्ष राजवंशीले घटनालाई गम्भीरतापूर्वक लिँदै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै कदम चालिने आश्वासन दिएका छन्। स्वास्थ्य र शिक्षा शाखासँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरिने र समस्याको स्थायी समाधानका लागि प्रतिबद्धता जनाएका छन्।

समुदायमा पनि स्वास्थ्य र मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न पहल गरिने जनाइएको छ। टोलीले विद्यार्थी र अभिभावकलाई ढुक्क रहन आग्रह गर्दै समस्याको गहिरो अध्ययन र समाधानका लागि निरन्तर प्रयास गरिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali