Skip to main content

Purbi Garjan

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ।

यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक बन क्षेत्रमा कार्यक्रम हुने र कार्यक्रममा हजारौं देश तथा विदेशी संगीतप्रेमीहरूको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ।

यस कार्यक्रमले स्थानीय समुदायमा सांगीतिक क्रान्तिको नयाँ आयाय खोल्ने र उत्कृष्ट संगीत अनुभव र मनोरन्जन प्रदान गर्ने आयोजकले विश्वास गरेको छ।

स्थानीय संगीत प्रवर्द्धन र सांस्कृतिक संरक्षण, युवा पुस्तामा प्रेरणा र सृजनात्मकता विकास, सामुदायिक एकता र सांस्कृतिक संवाद, स्थानीय अर्थतन्त्र र संगीत उद्योगको समर्थन, सामाजिक संदेश र चेतनाको प्रवाह, हाम्रो क्षेत्रको पहिचान र व्यापार/व्यवसाय वृद्धिमा योगदान र स्थानीय ऐतिहासिक र पर्यटकीय आकर्षणहरूको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

यश कार्यक्रमले यस क्षेत्रमा रहेका आकर्षित स्थलहरू, जस्तै पाउ पाथीभरा मन्दिर, निचाझोडा सिमसार लगायतका सांस्कृतिक र पर्यटकीय पहिचानका महत्वपूर्ण अङ्ग भएकोले कन्सर्टमार्फत यी स्थलहरूको प्रवर्द्धन गर्ने, तिनीहरूको महत्त्व र सौन्दर्यलाई स्थानीय र बाह्य दर्शकहरूसम्म पुर्याउने उद्देश्य पनि आयोजकले  राखेको छ।

यो अभियानका साझेदारहरूका रुपमा बेभ्रेज पार्टनर बाह्रसिंगे , इण्डिया टिकटिंग पार्टनर सजिलो इभेन्ट्स्, हस्पिटालिटी पार्टनर होटल मेची क्राउन, क्लब पार्टनर Lord of the Drinks-LOD Kathmandu, एयरलाइन्स पार्टनर सौर्य एयरलाइन्स र नेपाल टिकटिंग पार्टनर खल्ती रहेको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali