Skip to main content

Purbi Garjan

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा “चाराली म्युजिक फेस्ट २०२५ ” आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमालो ग्राउन्डमा सम्पन्न हुने आयोजक बज्रा इभेन्टले जनाएको छ।

यस कार्यक्रममा मुख्य आकर्षणको रूपमा लोकप्रिय व्यान्ड John and The Locals ले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछ। चारालीदेखि करिव १ कि मि तल रहेको निचाझोडा सामुदायिक बन क्षेत्रमा कार्यक्रम हुने र कार्यक्रममा हजारौं देश तथा विदेशी संगीतप्रेमीहरूको सहभागीता रहने आयोजकले अपेक्षा गरेको छ।

यस कार्यक्रमले स्थानीय समुदायमा सांगीतिक क्रान्तिको नयाँ आयाय खोल्ने र उत्कृष्ट संगीत अनुभव र मनोरन्जन प्रदान गर्ने आयोजकले विश्वास गरेको छ।

स्थानीय संगीत प्रवर्द्धन र सांस्कृतिक संरक्षण, युवा पुस्तामा प्रेरणा र सृजनात्मकता विकास, सामुदायिक एकता र सांस्कृतिक संवाद, स्थानीय अर्थतन्त्र र संगीत उद्योगको समर्थन, सामाजिक संदेश र चेतनाको प्रवाह, हाम्रो क्षेत्रको पहिचान र व्यापार/व्यवसाय वृद्धिमा योगदान र स्थानीय ऐतिहासिक र पर्यटकीय आकर्षणहरूको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

यश कार्यक्रमले यस क्षेत्रमा रहेका आकर्षित स्थलहरू, जस्तै पाउ पाथीभरा मन्दिर, निचाझोडा सिमसार लगायतका सांस्कृतिक र पर्यटकीय पहिचानका महत्वपूर्ण अङ्ग भएकोले कन्सर्टमार्फत यी स्थलहरूको प्रवर्द्धन गर्ने, तिनीहरूको महत्त्व र सौन्दर्यलाई स्थानीय र बाह्य दर्शकहरूसम्म पुर्याउने उद्देश्य पनि आयोजकले  राखेको छ।

यो अभियानका साझेदारहरूका रुपमा बेभ्रेज पार्टनर बाह्रसिंगे , इण्डिया टिकटिंग पार्टनर सजिलो इभेन्ट्स्, हस्पिटालिटी पार्टनर होटल मेची क्राउन, क्लब पार्टनर Lord of the Drinks-LOD Kathmandu, एयरलाइन्स पार्टनर सौर्य एयरलाइन्स र नेपाल टिकटिंग पार्टनर खल्ती रहेको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali