Skip to main content

Purbi Garjan

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ” सामना कन्सर्ट” हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ।

नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक “सामना कन्सर्ट” हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार बहुचर्चित राष्ट्रिय जनवादी कलाकारहरु माइला लामा, मणि थापा, आरोह नेपाली , रमण थामी लगायतका दर्जनौं कलाकारहरुको साथमा कार्यक्रम हुने भएको हो ।  कार्यक्रमका लागि कलाकारहरुको टोली पुर्व आइसकेको र भोलि हजारौं झापाली जनता सामु कार्यक्रम गर्ने तयारी रहेको नेकपाले जनाएको छ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा विकृति र विसंगति बढ्दै गएको , समाज परिवर्तनका सांस्कृतिक गीतहरु भन्दा अश्लील र अपाच्य गीतहरुले समाजलाई असर गरिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाज रुपान्तरणको आवाज बोकेका र परिवर्तनकारी आन्दोलन छेडेर आएका बहुचर्चित कलाकारहरूले झापाली जनसमुदायहरुमा समाजवादका लागि सकारात्मक उर्जा र सन्देश प्रवाह गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको समेत नेकपा झापाले जनाएको छ।

“सामना कन्सर्ट” मा विभिन्न गीतहरु सँगै नृत्य तथा नाट्य प्रस्तुति समेत रहने र निशुल्क हेर्न सकसने व्यवस्था गरिएको छ। खुल्ला कार्यक्रममा सम्पुर्ण जनसमुदायलाई उपस्थितिका लागि नेकपा झापाले अपिल समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali