Skip to main content

Purbi Garjan

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत ” सामना कन्सर्ट” हुने भएको छ। भोलि दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुनेछ।

नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक “सामना कन्सर्ट” हुन लागेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिए। समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते (भोलि) शनिबार बहुचर्चित राष्ट्रिय जनवादी कलाकारहरु माइला लामा, मणि थापा, आरोह नेपाली , रमण थामी लगायतका दर्जनौं कलाकारहरुको साथमा कार्यक्रम हुने भएको हो ।  कार्यक्रमका लागि कलाकारहरुको टोली पुर्व आइसकेको र भोलि हजारौं झापाली जनता सामु कार्यक्रम गर्ने तयारी रहेको नेकपाले जनाएको छ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा विकृति र विसंगति बढ्दै गएको , समाज परिवर्तनका सांस्कृतिक गीतहरु भन्दा अश्लील र अपाच्य गीतहरुले समाजलाई असर गरिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाज रुपान्तरणको आवाज बोकेका र परिवर्तनकारी आन्दोलन छेडेर आएका बहुचर्चित कलाकारहरूले झापाली जनसमुदायहरुमा समाजवादका लागि सकारात्मक उर्जा र सन्देश प्रवाह गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको समेत नेकपा झापाले जनाएको छ।

“सामना कन्सर्ट” मा विभिन्न गीतहरु सँगै नृत्य तथा नाट्य प्रस्तुति समेत रहने र निशुल्क हेर्न सकसने व्यवस्था गरिएको छ। खुल्ला कार्यक्रममा सम्पुर्ण जनसमुदायलाई उपस्थितिका लागि नेकपा झापाले अपिल समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali