Skip to main content

Purbi Garjan

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ ।

नकलबन्दा बचत तथा ऋण सहकारीको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताले नकलबन्दाको इतिहासलाई उजागर गर्दै युवा पुस्तामा खेल क्षेत्रकाे विकास गर्ने आयोजकले विश्वास लिएको छ। स्थानीय युवाहरुलाई खेल क्षेत्रतर्फ प्रोत्साहन गर्न तथा लागूऔषध विरुद्ध सचेतना अभियान फैलाउने उद्देश्य रहेको आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जानकारी दिएको छ।

झापा जिल्लाका १० वटा फुटबल टिमले प्रतियोगितामा सहभागीता जनाउने छन्। उक्त नकआउट फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख अनुमानित खर्च हुने अनुमान आयोजकले गरेको छ। नकलबन्दाको इतिहास र गौरव खेलकुद रहेको र इतिहासलाई बचाउँदै क्लब दर्ता गरेर उक्त प्रतियोगिताको आयोजना गरेको आर्थिक संयोजक नारायण खड्काले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र तथा दोस्रो टिमलाई नगद ३० हजार ट्रफी र मेडलद्वारा पुरस्कृत गरिने छ। खेल अवधिभर सर्वाधिक गोलकर्ता, म्यानअफ द म्याच घोषित खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने सल्लाहकार संयोजक पर्शुराम पराजुलीले बताए ।

प्रतियोगितामा फुटबल टिम दर्ता नि:शुल्क रहेको छ। प्रतियोगिता सम्पन गर्नका निमित्त स्थानीय व्यवसायी , समाजसेवी , वैदेशिक रोजगारमा रहेका व्यक्तित्वहरुले सहयोग गरिरहेको र अझै पनि आवश्यक सहयोग संकलन भइनसकेको आयोजकले बताएको छ।

प्रतियोगिता सम्पन्न गर्नका निमित्त नगर खेलकुद विकास समितिमा सहयोग मागेको भएपनि नगर खेलकुद विकास समितिले उपेक्षा गरेको पाइएको छ। सल्लाहकार संयोजक पर्शुराम पराजुलीले भने- “हामीले नगर खेलकुद विकास समितिबाट राम्रो सहयोगको अपेक्षा गरेका थियौँ तर बल र जाली दिने भन्दै खेलकुद समिति पन्छियो। मेचीनगर गोल्डकपलाई मागेको रकमबाट १० लाख थप गरेर २५ लाख बजेट दिइयो तर हामीलाई उपेक्षा गरियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali