Skip to main content

Purbi Garjan

भद्रपुर झापा गोल्डकप भोलिदेखि, नेपाल सहित तीन देश सहभागी

झापा । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए । “दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उनले भने, “गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइएको छ ।” प्रतियागिताको तयारी स्वरुप स्वागत गेटहरुसमेत निर्माण गरिएको उनले बताए ।

भोलि अर्थात फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको दोस्रो संस्करणमा भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी क्लब, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जनकारी दिए ।

गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुने उनले बताए ।

गोल्डकपको विजेताले नगद रू १३ लाख र उपविजेताले नगद रू सात लाख प्राप्त गर्ने छन् भने गोल्डकप सम्पन्न गर्न रू एक करोड ७८ लाख खर्च लाग्ने समेत आयोजकले जनाएको छ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद रू एक लाख पाँच हजार पाउने छ भने उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही नगद रू २५ हजार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रू २१ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali