Skip to main content

Purbi Garjan

मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र  ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ ।

‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् । यस गीतमा डि.पि. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ।

अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको हो । गीतको संगीत संयोजनको काम दिनेश न्यौपानेले गरेका छन् । उक्त गीतमा पनि सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय देख्न सकिन्छ। दुवै गीतमा दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने दुवै गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन् ।

दुवै गीतको एजुकेसनल पाट्नर एभरेष्ट ईन्टरनेस्नल स्कुल जापान रहेको छ भने सपोर्टरको रुपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेको छ। गीत र भिडियोमा मेहनत गरेकोको कारण दर्शक, स्रोताले माया दिने प्रेम घिमिरेले बताए ।

गायक घिमिरे एक दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेका व्यक्ति हुन् । ललितकला क्याम्पसबाट संगीत विषयमा डिग्री लिएका घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौं गीत सार्वजनिक भइसकेका छन् । उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन। गायक घिमिरे पनि विगत १५ महिनादेखि जापानमा छन् । उनी जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट इन्टरनेस्नल स्कुल जापान) मा संगीत विषयको शिक्षक छन् । हाल भने घिमिरे छुट्टीको लागि नेपाल आएका हुन् । सोही अवसरमा उनले दुईवटा गीत निर्माणमा भूमिका दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali