Skip to main content

Purbi Garjan

मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र  ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ ।

‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् । यस गीतमा डि.पि. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ भने म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ।

अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको हो । गीतको संगीत संयोजनको काम दिनेश न्यौपानेले गरेका छन् । उक्त गीतमा पनि सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय देख्न सकिन्छ। दुवै गीतमा दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने दुवै गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन् ।

दुवै गीतको एजुकेसनल पाट्नर एभरेष्ट ईन्टरनेस्नल स्कुल जापान रहेको छ भने सपोर्टरको रुपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेको छ। गीत र भिडियोमा मेहनत गरेकोको कारण दर्शक, स्रोताले माया दिने प्रेम घिमिरेले बताए ।

गायक घिमिरे एक दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेका व्यक्ति हुन् । ललितकला क्याम्पसबाट संगीत विषयमा डिग्री लिएका घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौं गीत सार्वजनिक भइसकेका छन् । उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन। गायक घिमिरे पनि विगत १५ महिनादेखि जापानमा छन् । उनी जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट इन्टरनेस्नल स्कुल जापान) मा संगीत विषयको शिक्षक छन् । हाल भने घिमिरे छुट्टीको लागि नेपाल आएका हुन् । सोही अवसरमा उनले दुईवटा गीत निर्माणमा भूमिका दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali