Skip to main content

Purbi Garjan

प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । ‘जनतासंग माओवादी – तराई मधेश जागरण अभियान’को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् ।

अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । ‘हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, ‘झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै रुपमा बनाइराख्नका निम्ति हाम्रो पार्टीले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आइपरेको छ।’ प्रचण्डले झापाको त्यो पहिचानलाई झापा विद्रोहकालका साथीहरुले बिर्सिसकेको बताए । उनले भने, ‘ झापा विद्रोहका साथीहरुले त्यो बाटो छोडिसक्नु भएको छ । हामीले त्यो बाटो समाइराख्नु पर्छ भनेर पनि अभियानको थालनी झापाबाट गर्ने निर्णय गरेका हौँ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।’

उनले मुलुकको होचो भूभागबाट सुरु भएको अभियानलाई अग्लो भूभागमा जाने तयारीको संज्ञा दिए । माओवादीको देशव्यापी अभियानले अहिले पार्टीमा मात्रै नभएर जनतामा नयाँ आशा र उत्साह ल्याएको अध्यक्ष दाहालले दाबी गरे ।

‘मुलुककको सबैभन्दा होचो भूमिबाट देशको झण्डोत्तोलन गरेर राष्ट्रिय अभियानको उद्घाटन गर्दा मलाई व्यक्तिगत रूपमा निकै खुशी लागेको छ, यो क्षणमा केन्द्रिय कमिटी र सिङ्गो पार्टी नै खुशी र उत्साही भएको छ,’ उनले भनी, ‘होचो भूभागबाट अग्लो भूभागमा जाने झापा जिल्ला कमिटीले जुन अभियान सुरु गरेको छ, यो ऐतिहासिक काम हो, म झापा जिल्ला कमिटी र आवद्ध सबैलाई धन्यवाद दिन्छु ।’

मर्निङवकको क्रममा बिहान ऐतिहासिक तथा पुरातात्विक क्षेत्र किच्चकबधको अवलोकन गरेका अध्यक्ष दाहालले यो भूमि कोचिला, सन्थाल र कोच सभ्यतासँग जोडिएको स्थान भएको आफूलाई महसुस भएको बताउँदै यसको संरक्षण र सम्बर्द्धनमा सबैमा अपिल गरे ।

झापाबाट शुरु भएर कन्चनपुरमा चैत ७ गते समापन हुने हुलाकी राजमार्ग केन्द्रित अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, शक्ति बस्नेत, हरिबोल गजुरेल लगायत केन्द्रित नेता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali