Skip to main content

Purbi Garjan

प्रचण्डको उद्घोष : झापा बिद्रोह र क्रान्तिको अभिभारा माओवादीले पूरा गर्छ

कचनकवल। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताएका छन् । ‘जनतासंग माओवादी – तराई मधेश जागरण अभियान’को उद्घाटनको क्रममा नेपालकै होचो भूभाग झापाको केचनाबाट अध्यक्ष प्रचण्डले त्यस्तो उद्घोष गरेका हुन् ।

अभियानको उद्घाटन गर्नु पूर्व अध्यक्ष प्रचण्डले केचनामा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । ‘हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उनले भने, ‘झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै रुपमा बनाइराख्नका निम्ति हाम्रो पार्टीले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आइपरेको छ।’ प्रचण्डले झापाको त्यो पहिचानलाई झापा विद्रोहकालका साथीहरुले बिर्सिसकेको बताए । उनले भने, ‘ झापा विद्रोहका साथीहरुले त्यो बाटो छोडिसक्नु भएको छ । हामीले त्यो बाटो समाइराख्नु पर्छ भनेर पनि अभियानको थालनी झापाबाट गर्ने निर्णय गरेका हौँ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।’

उनले मुलुकको होचो भूभागबाट सुरु भएको अभियानलाई अग्लो भूभागमा जाने तयारीको संज्ञा दिए । माओवादीको देशव्यापी अभियानले अहिले पार्टीमा मात्रै नभएर जनतामा नयाँ आशा र उत्साह ल्याएको अध्यक्ष दाहालले दाबी गरे ।

‘मुलुककको सबैभन्दा होचो भूमिबाट देशको झण्डोत्तोलन गरेर राष्ट्रिय अभियानको उद्घाटन गर्दा मलाई व्यक्तिगत रूपमा निकै खुशी लागेको छ, यो क्षणमा केन्द्रिय कमिटी र सिङ्गो पार्टी नै खुशी र उत्साही भएको छ,’ उनले भनी, ‘होचो भूभागबाट अग्लो भूभागमा जाने झापा जिल्ला कमिटीले जुन अभियान सुरु गरेको छ, यो ऐतिहासिक काम हो, म झापा जिल्ला कमिटी र आवद्ध सबैलाई धन्यवाद दिन्छु ।’

मर्निङवकको क्रममा बिहान ऐतिहासिक तथा पुरातात्विक क्षेत्र किच्चकबधको अवलोकन गरेका अध्यक्ष दाहालले यो भूमि कोचिला, सन्थाल र कोच सभ्यतासँग जोडिएको स्थान भएको आफूलाई महसुस भएको बताउँदै यसको संरक्षण र सम्बर्द्धनमा सबैमा अपिल गरे ।

झापाबाट शुरु भएर कन्चनपुरमा चैत ७ गते समापन हुने हुलाकी राजमार्ग केन्द्रित अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, शक्ति बस्नेत, हरिबोल गजुरेल लगायत केन्द्रित नेता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali