Skip to main content

Purbi Garjan

चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले पाँच हजार बढी झापाली जनताका माझ सम्बोधन गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी झापाको हालै सम्पन्न बैठकले महासचिव विप्लवको झापा भ्रमण र सम्बोधन बारे नेताकार्यकर्तालाई जानकारी गराउँदै सम्पुर्ण तयारीमा जुट्न निर्देश गरेको हो ।

पार्टीका किराँत लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यता एवम् झापा इन्चार्ज सुमनसिंह सी को विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासचिव विप्लवको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका निमित्त नेताकार्यकर्तामा विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ।

पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले परिवर्तनको संकेत गरिरहेका बेला विभिन्न राजनीतिक दल सम्बद्ध केन्द्रीय नेताहरुले झापा केन्द्रित कार्यक्रम गरिरहेका बेला नेकपाका महासचिव विप्लव सी ले समेत झापाबाटै सम्बोधन गर्ने भएका हुन्। विप्लव ले झापामा सम्बोधन मात्रै गर्ने छैनन् । उनका कयौं राजनीतिक भेटघाट, विभित्र पार्टीबाट विद्रोह गरेर आउनेहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम र नेपाली राजनीतिमा नयाँ सन्देश समेत प्रवाह गर्नेछन् ।

नेकपाले नेपाली विशेषताको समाजवादमा सबै अटाउने र अबको देश र जनताको भविष्य समाजवादमा रहेको उल्लेख गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali