Skip to main content

Purbi Garjan

चैत्र १२: हजारौं झापाली जनताका माझ विप्लवले सम्बोधन गर्दै

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले पाँच हजार बढी झापाली जनताका माझ सम्बोधन गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी झापाको हालै सम्पन्न बैठकले महासचिव विप्लवको झापा भ्रमण र सम्बोधन बारे नेताकार्यकर्तालाई जानकारी गराउँदै सम्पुर्ण तयारीमा जुट्न निर्देश गरेको हो ।

पार्टीका किराँत लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यता एवम् झापा इन्चार्ज सुमनसिंह सी को विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासचिव विप्लवको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका निमित्त नेताकार्यकर्तामा विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ।

पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले परिवर्तनको संकेत गरिरहेका बेला विभिन्न राजनीतिक दल सम्बद्ध केन्द्रीय नेताहरुले झापा केन्द्रित कार्यक्रम गरिरहेका बेला नेकपाका महासचिव विप्लव सी ले समेत झापाबाटै सम्बोधन गर्ने भएका हुन्। विप्लव ले झापामा सम्बोधन मात्रै गर्ने छैनन् । उनका कयौं राजनीतिक भेटघाट, विभित्र पार्टीबाट विद्रोह गरेर आउनेहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम र नेपाली राजनीतिमा नयाँ सन्देश समेत प्रवाह गर्नेछन् ।

नेकपाले नेपाली विशेषताको समाजवादमा सबै अटाउने र अबको देश र जनताको भविष्य समाजवादमा रहेको उल्लेख गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali