Skip to main content

Purbi Garjan

सिद्धी हाइड्रोका कारण रोङका आधा दर्जन घर जोखिममा

गोविन्द पौडेल

रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् परियोजना निर्माण भइरहेको छ। पाइपलाइन विस्तारको क्रममा बिक्रम राई, गणेश राई र मैतसिङ राईका घर पहिरोले बगाउने खतरा छ भने तलका अन्य घरहरू पुरिने सम्भावनाले स्थानीयहरू त्रसित भएका छन्।


स्थानीय बासिन्दाहरूले आफ्ना घरहरू जोखिममा परेको भन्दै गाउँपालिकामा गुनासो गरेपछि पुस २५ गते गाउँपालिकाले स्थलगत अनुगमन गरेको थियो। अनुगमनमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष विष्णुमाया खवास, वडा-६ का अध्यक्ष सत्यम राई, तथा अन्य सरोकारवालाहरू उपस्थित थियो ।

गाउँपालिका अध्यक्ष स्याङ्बोले हाइड्रो कम्पनीसँग पटक–पटक छलफल भइरहेको र समस्या समाधानका लागि आवश्यक कदम उठाइने बताए। सिद्धी हाइड्रो कम्पनीका प्रतिनिधि सरोज पौडेलका अनुसार बिक्रम राईको घर हाल केही समस्यामा परे पनि तत्काल संरक्षण (प्रोटेक्सन) को काम गरिने भएकाले जोखिम नरहेको दाबी गरेका छन्।

अन्य क्षेत्रमा पहिरो जाने सम्भावना नरहेको र हाइड्रो पावरलाई पनि ठूलो आर्थिक क्षति हुने भएकाले स्थानीयहरूको सुरक्षामा ध्यान दिइएको उनले बताएका छन्। यो योजनाको वातावरणीय प्रभाव मूल्यांकन सूर्योदयतर्फ भए पनि काम भनेर वातवरणीय प्रभाव मूल्यांकन गरेको भन्दा बाहिर रोङतर्फ भइरहेको छ । लामो समयदेखि चर्चा गरिएको निर्माणाधीन सिद्धी हाईड्रो पावरको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। आगामी वैशाखभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ।


इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाबीच बग्ने खोलामा विद्युत् विकास बोर्डले २०६९ पुस २४ गते ऊर्जा मन्त्रालयबाट वातावरणीय परीक्षण स्वीकृत गरी सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो। ३५ वर्षको बहाल अवधि रहने गरी अनुमति प्राप्त गरेपछि सिद्धी हाईड्रो कम्पनीले २०८१ कात्तिक २६ गते थप अध्ययनका लागि विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरेको हो।

परियोजनाको हेडबक्स रोङ-६ र सूर्योदय-५ को गोर्ख खोला क्षेत्रबाट करिब १,५०० मिटर माथि निर्माण भइरहेको छ, भने विद्युत् गृह १ किमि तल रहेको छ। १ अर्ब ८४ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरी १६ किमि टाढा झापाको सुनमाईमा सवस्टेसन स्थापना गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना अनुरूप काम तीव्र गतिमा भइरहेको सिद्धी हाईड्रो कम्पनी लिमिटेडका सञ्चालक सन्तोषराज नेपालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali